sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र उनका छोरा विरुद्ध पक्राउ पुर्जी जारि

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १६:0६
भुटानी शरणार्थी प्रकरणमा  टोपबहादुर रायमाझी र उनका छोरा विरुद्ध पक्राउ पुर्जी जारि

काठमाडौं ।  तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी  बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

आजै पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । टेकनारायण  पाण्डे तत्कालीन गृहसचिव समेत हुन् ।

पाण्डेले २०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृह सचिवको जिम्मेवारी सम्हालेका थिए ।गिरोहका नाइकेहरू भनिने  केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार  इन्द्रजित राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रक्राउ गरिएको हो । राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बस्ने गरेका थिए ।

 

 

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid