sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाठेघर मुखको क्यान्सरबाट जोगाउँछ खोपले

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:२५
पाठेघर मुखको क्यान्सरबाट जोगाउँछ खोपले

डा. विवेकुमार लाल

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)ले नेपाली महिलाहरूलाई पिरोलिरहेको छ। नेपाली महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा छ। सरकारले यो रोगको रोकथाम र लाग्नै नदिने कार्यलाई प्राथमिकतामा राखेको छ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको छ। यो खोप सुरक्षित छ। तोकिएको स्वास्थ्य संस्थामा गएर लक्षित किशोरीले खोप लगाउन सक्नेछन्।

यो खोपको शुभारम्भ काठमाडौंमा भदौ २७ गते बुधबार हुँदैछ। यो खोप कार्यक्रमलाई प्रदर्शन (डेमोन्सट्रेसन) का रूपमा सञ्चालन गर्न लागिएको हो। हाल यो खोप २० हजार मात्रा मात्रै उपलब्ध छ। यसपटक १० देखि १४ वर्षका किशोरीलाई ६ महिनाका फरकमा दुई मात्रा दिन लागिएको हो। भविष्यमा गाभी (ग्लोबल अलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) को सहयोगमा नियमित खोपमा समावेश गर्ने योजना छ। खोपका लागि प्रस्ताव पेस गरिसकेका छौं। यो प्रस्ताव स्वीकृतिको चरणमा छ। निकट भविष्यमै खोप ल्याउने हाम्रो दृढ संकल्प छ। आशा गरौं, सम्भवतः आगामी वर्ष यो खोप सेवा सबैमहिलाका लागि विस्तार हुनेछ।

खोपको पहिलो मात्रा किशोरीलाई दिने तयारी अन्तिम चरणमा पुगेको छ। खोप लिन आफ्नो उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्छ। दोस्रो मात्रा लिन पहिलो मात्रा लिएको खोप कार्ड साथमा लिएर पहिलो मात्रा लिएको अस्पतालमै जानुपर्छ। एचपीभी खोपले एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको रियाक्सन भएमा, ज्वरो आएमा र गर्भवती अवस्थामा यो खोप लिनुहुँदैन। यो खोप सेवा सातवटै प्रदेशका अस्पतालमा उपलब्ध हुनेछ।

त्यसबाहेक ३० देखि ६४ वर्ष उमेरका महिलाले ५÷५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्नुपर्छ। यस प्रकारको सुविधा प्रायःजसो सबै अस्पतालमा उपलब्ध छ। यो रोगको रोकथाम र नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ।

(डा. लाल स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक हुन्।)

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid