sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इमाको गुम्ने भयो फ्रेन्च ओपन र विम्बल्डन

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५४
इमाको गुम्ने भयो फ्रेन्च ओपन र विम्बल्डन

काठमाडौं । बेलायतकी इमा राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी छन् । नाडी र कुर्कुच्चाको शल्यक्रिया गरेका कारण पूर्वयूएस ओपन च्याम्पियन राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी हुन् ।

राडुकानुले बुधबार साँझ समाजिक सञ्जालमा फाटो राखेर भनेकी छन्, “विगत १० महिनादेखि मेरा दुवै हातका हड्डीमा चोट दोहोरिरहेको थियो । अहिले सुरक्षित भएको छ । दुवै हातको समस्या समाधानका लागि सानो शल्यक्रिया गरिएको छ । अब आउँदो केही महिनाका लागि कोर्टबाहिर हुनेछु भन्नुपर्दा म निराश छु । यो अवस्थामा हुँदा मेरो खुट्टामा अर्को सानो शल्यक्रिया हुनेछ ।’’

सन् २०२१ मा १८ वर्षको उमेरमा यूएस ओपनको उपाधि जितेपछि राडुकानुले फिट रहन र लय भेट्टाउनका लागि संघर्ष गरिरहनुपरेको थियो । दाहिने हातमा चोट लागेका कारण राडुकानुले गएको महिना मड्रिड ओपनबाट नाम फिर्ता लिएकी थिइन् ।

मड्रिड ओपनबाट नाम फिर्ता लिएपछि राडुकानु सम्भवतः वरीयतामा शीर्ष १०० भन्दा बाहिर रहनेछिन् । राडुकानु मियामी ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अष्ट्रेलियन ओपनमा पन राडुकानु दोस्रो चरणमै कोको गउफसँग सोझो सेटमा पराजित भएर बाहिरिएकी थिइन् ।

‘‘यस ग्रीष्मकालमा हुने प्रतियोगिता गुमाउनुपर्दा मलाई पीडा भएको छ । मेरा समस्याहरूलाई समाधान गरेर फेरि कोर्टमा फर्किनेछु । निरन्तर साथ र सहयोगका लागि सम्पूर्ण समर्थकहरूलाई धन्यवाद,’’ राडुकानुले भनेकी छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid