sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सपना पूरा गर्न प्रतिस्पर्धामा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:२0
सपना पूरा गर्न प्रतिस्पर्धामा

काठमाडौं । एकातिर पपुलर च्वाइसको प्रतिस्पर्धा जारी छ भने अर्कोतिर मिस नेपालका २४ प्रतिस्पर्धी अभ्यासमा व्यस्त छन् । फिनाले नजिकिंदै जाँदा प्रतियोगी सुन्दरीहरु जिम, डान्स, स्पीच र वाकजस्ता कोरियोग्राफी सिक्दैछन् । पपुलर च्वाइसका लागि भोट पनि माग्दैछन् । किनभने यो विधा जित्न सके फाइनलको ढोका खुल्नेछ ।

केही दिनअघि यी सेमिफाइनलिस्ट सुन्दरीले जस्मिन फिट्नेस क्लबमा आफ्नो तयारीसँगै अन्य विषयमा अनलाइनखबरसँग गफगाफ गरे । पाइलट, व्यवसायी, डाक्टरदेखि आमाको विरासतलाई निरन्तरता दिने सोचसहित प्रतिस्पर्धामा होमिएकी पहिलो मिस नेपाल रुबी राणाकी छोरी प्रसिद्धि समेत यसपटक ताज जित्ने होडमा छिन् ।

करिअरमा अब्बल भइसकेका सुन्दरीले मिस नेपाललाई आफ्नो आवाज संसारभर फैलाउने प्लेटफर्मको रुपमा लिएका छन् । क्राउन जित्न सके आफ्नो सपना र उद्देश्यलाई पूरा गर्ने सोच उनीहरुको छ । यस्तो लाग्छ, उनीहरुका लागि मिस नेपालको प्लेटफर्म नै सबथोक हुन् । बाँकी १२ प्रतिस्पर्धीले अनलाइनखबरसँग मिस नेपालमा भाग लिनुको उद्देश्यबारे सविस्तार सुनाएका छन् ।

यसपटक दुई ट्रेण्ड मिस नेपालमा देखिएको छ । पहिलो, यसपटकको संस्करण समावेशी देखिन्छ । काठमाडौंबाहिरको सुदूर भूगोलका सुन्दरी पनि प्रतिस्पर्धामा छन् । सधैं काठमाडौं नै हाबीजस्तो देखिने प्रवृत्ति यसपटक छैन । हुन पनि हिडन ट्रेजरले सातै प्रदेशमा अडिसन गर्दै प्रतिस्पर्धालाई समावेशी तुल्याउने प्रयास गरेको थियो । दोस्रो, अधिकांश सुन्दरी करिअरमा स्थापित भएर आएका छन्, जसले गर्दा प्रतिस्पर्धा को भन्दा को कम हुने देखिन्छ ।

सबै सुन्दरीले परिवारकै सपोर्टमा प्रतिस्पर्धामा आइपुगेको बताए । भन्नुको अर्थ, सौन्दर्य प्रतियोगितालाई बुझ्ने समाजको सोच उदार हुँदै गएको छ । मिस नेपाल हुन ब्युटी मात्र पूर्वसर्त रहेन । योसँगै सोच, क्षमता र नेतृत्वदायी कौशल पनि आधारभूत आवश्यकता बने । ताज नजिते पनि यसले जीवनमा अघि बढ्न व्यक्तित्व विकास हुने धारणा सुन्दरीले राखेका छन् ।

यसपटक ११ वटा सहविधामा प्रतिस्पर्धा हुनेछ । गत साता पोखरामा ट्यालेन्ट राउण्ड सकिएको छ । पपुलर च्वाइस जारी छ भने अन्य सहविधाका प्रतिस्पर्धा आयोजना हुँदैछन् । यसपटक पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको उपाधि जित्नका लागि पनि प्रतिस्पर्धा केन्द्रित हुनेछ ।

हिडन ट्रेजरको आयोजनामा हुने यस वर्षको मिस नेपाल–२०२३ को ग्राण्ड फिनाले आगामी जेठ १३ गते ललितपुरस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid