May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

काटियो अस्पतालको विजुली

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १४:४९
काटियो अस्पतालको विजुली

जनकपुरधाम । नेपाल बिधुत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बिधुत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो ।

मधेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले बताए ।

प्रादेशिक अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । ‘महसुल तिर्न पटक पटक मौखिक आग्रह र लिखित पत्र पठाएका छौं, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतमा । तर मतलब नगरेपछि बाध्य भएर लाइन काटेका हौं’, प्रमुख मल्लिकले  भने ।

विजुलीको लाइन काटिएपछि चर्को गर्मीमा बिरामीले पंखा चलाउन पनि पाएका छैनन्, विजुली नहुँदा अस्पतालका कतिपय उपकरण पनि चलेको छैन । कम्तीमा महसुल कहिलेसम्म तिर्ने लिखित प्रतिवद्धता गरे मात्र लाइन जोड्न सकिने वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।