April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कोसी प्रदेशमा छिर्न नदिन त्यो कसैको बिर्ता होइन : ओली

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १७:0८
कोसी प्रदेशमा छिर्न नदिन त्यो कसैको बिर्ता होइन : ओली
  • पहिचानका नाममा जनतालाई फेरि भ्रममा पार्ने
  • जनयुद्धका नाउमा फाइँफुर्ती नलाउन आग्रह 
  • धम्की दिनेहरूलाई पछि हट्न चेतावनी 

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई फेरि भ्रममा पार्ने काम भइरहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राका क्रममा बिहीबार पर्वतमा आयोजित सभामा उनले कोसी प्रदेशको नामकरणका विषयमा ‘विदेशबाट सञ्चालितहरू’ले स्वार्थ पूरा गर्ने प्रयास गरिरहेको आरोप लगाए । “सबैको साझा नाम राखियो ।

एउटा पृष्ठभूमिविशेषको नाम राखिएन भनेर विदेशबाट सञ्चालित, नेपालमा एकता, शान्ति हुन नदिने, लोकतन्त्र हुन नदिने, अशान्ति मच्चाउने, देशलाई अप्ठ्यारोमा पारेर अरूकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्त्व लागिरहेका छन,” उनले भने । उनले ‘एमालेलाई कोसीमा प्रवेश गर्न नदिने भन्नेहरू को हुन् ?’ भन्दै प्रश्न गरे । ओलीले नेपालको भूभागको कसैको बिर्ता नभएको पनि बताए । “एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा प्रदेश–१ मा प्रवेश गर्न दिन्नौँ भनिरहेका छन् । किन नदिने ? नदिने फेरि को हुन् उनीहरू ? नेकपा (एमाले) कहाँ जान पाउने, कहाँ जान नपाउने ? एमाले त त्यही प्रदेश–१ मा छ ।

खास जान नपाउने को ? कसैको बिर्ता होइन कुनै भूभाग नेपालको,” उनले भने । संकल्पयात्रा कोसीमा प्रवेश गरे आक्रमण गर्ने धम्की दिनेहरूलाई पछि हट्न उनले चेतावनी दिए । एमालेले उनीहरूको सामना गर्नुपर्ने स्थिति नबनाउन ओलीले आग्रह गरे । “फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । यो बुद्धि छोडिहाल । होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्नेछ ।  कत्रा-कात्राको क्रान्तिका नाउँमा, जनयुद्धका नाउमा फाइँफुर्ती त समाप्त भयो भने चारवटा केटा उफ्रिएका छन्,” ओलीले कार्यक्रममा भने ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।