July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्थमन्त्रीले गर्दा बैठक १५ मिनेट स्थगित

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १४:२१
अर्थमन्त्रीले गर्दा बैठक १५ मिनेट स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर, छलफलका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित रहेको प्रश्न उठेपछि प्रतिनिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ ।

प्रावधिक कारणले अर्थमन्त्री उपस्थित हुन नसकेको भन्दै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेका लागि स्थगित गरिदिएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त, सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले प्रि बजेट छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने प्रश्न उठाएका हुन् ।

तर, राष्ट्रिय सभाको बैठकमा पनि प्रि बजेट छलफल चलिरहेको र उक्त बैठकमा अर्थमन्त्री सहभागी रहेको भन्दै सभामुखले सांसदहरुलाई सम्झाएका थिए । सांसदहरुले अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रतिनिधिसभाको बैठक नै १५ मिनेका लागि स्थगित गरिएको हो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट