April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

टेलिकमको नाफा घट्यो

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० ११:१५
टेलिकमको नाफा घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफा घटेको छ । गत आर्थिक वर्ष २०७८-०७९ को नौ महिनाको अर्थात् चैत्र मसान्तसम्म कम्पनीको खुद नाफा पाँच अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्म कम्पनीले पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफामा ०.४३ प्रतिशतले कमी आएको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको यो अवधि अर्थात् चैत मसान्तसम्म कम्पनीको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने कुल आय २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत आर्थिक वर्षको नौ महिना चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आयमा ३.०९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा कम्पनीको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट