May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

कसैको दबाबमा सरकार झुक्दैन : गृहमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १४:४0
कसैको दबाबमा सरकार झुक्दैन : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले सुशासनलाई केन्द्रविन्दुमा राखेर काम गर्ने पनि बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जारी रहेको उनले जानकारी दिए । यो मात्र नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने उनले जिकिर गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले प्रमाणका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले सो आधारमा कारबाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको बताए । सरकार कुनै दबाबको अगाडि नझुक्ने उनले स्पष्ट पारे ।

भ्रष्टाचार र कमिसनको जालोले देशलाई बरबाद पारेको भन्दै उनले राज्यका सबै निकायले यसलाई केन्द्रमा राखेर समाधान गर्नुपर्नेमा जोड दिए ।

बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले दोषी नछुट्ने र निर्दोष नफस्ने वबषयमा सबै सजक रहेको बताए । सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको उनले उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले यसको काम-कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने र दिएका निर्देशन तथा सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले समितिले दिएका सुझावलाई सरकारले गम्भीर रूपमा लिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।