sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कसैको दबाबमा सरकार झुक्दैन : गृहमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १४:४0
कसैको दबाबमा सरकार झुक्दैन : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले सुशासनलाई केन्द्रविन्दुमा राखेर काम गर्ने पनि बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जारी रहेको उनले जानकारी दिए । यो मात्र नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने उनले जिकिर गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले प्रमाणका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले सो आधारमा कारबाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको बताए । सरकार कुनै दबाबको अगाडि नझुक्ने उनले स्पष्ट पारे ।

भ्रष्टाचार र कमिसनको जालोले देशलाई बरबाद पारेको भन्दै उनले राज्यका सबै निकायले यसलाई केन्द्रमा राखेर समाधान गर्नुपर्नेमा जोड दिए ।

बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले दोषी नछुट्ने र निर्दोष नफस्ने वबषयमा सबै सजक रहेको बताए । सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको उनले उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले यसको काम-कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने र दिएका निर्देशन तथा सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले समितिले दिएका सुझावलाई सरकारले गम्भीर रूपमा लिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid