June 18, 2025 | बुधबार, असार ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नक्कली भुटानी शरणार्थीका आरोपितहरु

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० ११:३१
नक्कली भुटानी शरणार्थीका आरोपितहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् ।

टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ । यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक फरार छन् ।

आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ ।

पक्राउ परेका १६ आरोपितहरु

१. टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री
२. बालकृष्ण खाँण – पूर्वगृहमन्त्री
३. टेकनारायण पाण्डे – बहालवाला सचिव (तत्कालीन गृहसचिव)
४. इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार
५. आङटावा शेर्पा – तत्कालीन सभासद
६. शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष
७. टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता
८. सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा
९. नरेन्द्र केसी – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए
१०. रामशरण केसी – बिचौलिया
११. गोविन्द चौधरी – बिचौलिया
१२. केशव दुलाल – बिचौलिया (तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए)
१३. सानु भण्डारी – बिचौलिया
१४. टंक गुरुङ – बिचौलिया
१५. सन्देश शर्मा पोखरेल – बिचौलिया
१६. सागर थुलुङ – बिचौलिया

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट