April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

दमकलको खर्च धान्नै नपाले,५ वर्षमा एक पटक प्रयोग भएको खुल्यो रहस्य

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:0४
दमकलको खर्च धान्नै नपाले,५ वर्षमा एक पटक प्रयोग भएको खुल्यो रहस्य

गोरखा । गोरखा नगरपालिकाले दमकल किनेको ५ वर्ष भयो । यो अवधिमा लक्ष्मीबजारस्थित एक घरको आगो निभाउनबाहेक यसको प्रयोग हुन सकेको छैन ।

पाँच बर्षको अन्तरालमा जिल्लामा आगलागीका धेरै घटना भएका छन् । हिजोआज नगर क्षेत्रमै दिनहुँजसो वन डढेलोको घटना भइरहेका छन् । तर जिल्लाबासीले दमकलको साथ पाएका छैनन् ।
मेयर कृष्ण रानामगर सडकका कारण दमकल पठाउन नसकेको बताउँछन् । ‘दमकल ठूलो भयो तर बाटो साँघुरो’, उनी भन्छन्, ‘बाटोकै कारण सबै ठाउँमा दमकल पुग्न सक्ने अवस्था छैन ।’

सञ्चालनमा नआएपनि दमकलका नाममा नगरपालिकाको बजेट खर्च भइरहेको छ । महिनामा कम्तीमा एक सय लिटर डिजल खर्च हुने कार्यालयका वातावरण अधिकृत धु्रव प्रसाद घिमिरेले बताए ।
‘दमकल प्रयोग नभएपनि बिहान एकपटक केहीबेर स्टार्ट गरेर छाड्नुपर्छ, त्यसकै लागि भएपनि डिजेल चाहिन्छ’, उनले भने । नियमित ‘सर्भिसिङका’ लागि पनि खर्च व्यवस्थापन गर्नुपर्ने उनले जानकारी दिए ।

भारत सरकारको सहयोगमा प्राप्त दमकलको इन्धन र मर्मतमा लाखौं रकम खर्च भइसकेको छ । एकैपटक करिव १३ लाख रुपैयाँ खर्चेर दमकल मर्मत गरिएको घिमिरे बताउँछन् ।
उनी भन्छन्, ‘ल्याएको केही समय नगरपालिकामै बस्यो, त्यसपछि मर्मत र तेल खर्च नगरपालिकाले दिने शर्तमा सशस्त्र प्रहरी बलले सञ्चालन गर्न लग्यो तर प्रयोगमा नआएपछि दमकलमा समस्या आयो ।
समस्या आएपछि हामीलाई फिर्ता गर्‍यो, करिव १३ लाख खर्चेर हामीले मर्मत गर्‍यौं ।’

मर्मत पश्चात दमकल अहिले नगरपालिका परिसरमै राखिएको छ । आगलागीको खबर पाए पनि नगरपालिकाभित्रकै कतिपय क्षेत्र र जिल्लाका अधिकांश ठाउँमा दमकल जान सक्ने अवस्था छैन ।
भू–धरातलका कारण पनि समस्या भएको घिमिरे बताउँछन् । तालिम प्राप्त दक्ष जनशक्तिसमेत अभाव रहेको उनको भनाइ छ ।

‘दमकल प्रयोगमा कम्तीमा सात जना तालिम प्राप्त दक्ष जनशक्ति चाहिन्छ’, उनले भने, ‘तर अहिले एक जना चालक र म बाहेक अरु छैन ।’
तालिमका लागि ‘हिमालय इन्ष्टिच्युट फर फायर एण्ड इमर्जेन्सी सर्भिस’ नामक संस्थालाई आग्रह गरिएको उनले जानकारी दिए । उनका अनुसार वैशाखमा तालिम सञ्चालन हुने छ ।
तर एक्लैले दमकल सञ्चालन गर्न मुश्किल पर्ने नगरपालिकाले जनाएको छ ।

संयुक्त रुपमा दमकल सञ्चालनका लागि आसपासका पालिका र नेपाली सेनासँग अनौपचारिक छलफल भइरहेको मेयर रानाले बताए । ‘अहिलेसम्म जसोतसो खर्च धानेका छौ,
तर पुरै जनशक्ति राखेर संचालन गर्न थालेपछि नगरपालिका एक्लैलाई धान्न गाह्रो हुन्छ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल दमकललाई गोरखा नगरपालिकाभित्र मात्र सीमित गर्न नहुने बताउँछन् । विपद व्यवस्थापन समिति संयोजक समेत रहेका भुसालले
नगरपालिकाले दक्ष प्राविधिक जनशक्ति तयार गर्ने र दमकल सञ्चालनका लागि गण्डकी प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले आर्थिक सहयोग गर्नुपर्ने बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।