May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रचण्ड : राजदूतले नै चीन भ्रमण पछी सारेका हुन्

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:११
प्रचण्ड : राजदूतले नै चीन भ्रमण पछी सारेका हुन्

काठमाडौं । प्रधानमन्त्रीले चीनमा भएको बोवाओ फोरममा नजाने भनेर नेपालले निर्णय नगरेको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बोवाओ फोरमको निम्तो आएको बताए । तर नेपाल सरकारले नजाने भनेर निर्णय नगरेको प्रष्टीकरण दिए ।

उनले भने, ‘यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाव, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्यारोलाई बुझेर चिनियाँ राजदूतले नै तपाईं बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौं हामीले ।

अलि पछि गरौं कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेको मात्र हो ।’

प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने वा चीन भन्ने कुनै संवैधानिक र कानुनी बाध्यता नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले समय र परिस्थिति अनुसार सरकारले निर्णय गर्ने बताए ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमण गरेको भन्द्रै प्रचण्डले भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धको महत्व आदि कारणले भारतसँग विशिष्ट सम्बन्ध रहेको पनि बताए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट