sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ऋण तिर्न ७० सहकारीलाई ३५ दिने सूचना

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:0२
ऋण तिर्न ७० सहकारीलाई ३५ दिने सूचना

काठमाडौं । ७० वटा सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि कर्जा तिर्न आउन ३५ दिने सूचना प्रकाशित गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै कोषबाट थोक कर्जा लिएका ७० सहकारीले कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउन सूण्चना प्रकाशित गरेको छ ।

‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकोले आजको मितिले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने सावाँ, व्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनका लागी यो सूचना प्रकाशित गरिएको छ’ कोषले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राखी, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने व्यहोरा कोषले जनाएको छ ।

७० वटा सहकारीले ५ लाखदेखि ४० लाखसम्म कर्जा चुक्ता गर्न बाँकी रहेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए । विभिन्न राजनीतिक पहुँचका आधारमा कोषको कर्जा नतिरी बसेको सहकारी संस्थालाई कोषले सूचना प्रकाशित गर्दै कर्जा असुली गरिरहेको उनले बताए । २०७३ देखि २०७५ सम्म कोषबाट कर्जा लिएर कर्जा चुक्ता गर्नुपर्ने मितिमा कर्जा चुक्ता नगरेका संस्थाहरुको सूची प्रकाशित भएको उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid