April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

लक्ष्यभन्दा कम प्रतिशत भन्सार असुली

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १५:४८
लक्ष्यभन्दा कम प्रतिशत भन्सार असुली

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको यो विमानस्थलबाट नियमित उडान हुन नसक्दा भन्सार महसुल असुलीमा कमजोर देखिएको हो ।

भन्सार विभागका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९-८० को चैत महिनासम्मका लागि ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य पाएको थियो । तर, कार्यालयले यस अवधिमा मात्र ८५ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो चैतसम्मको लक्ष्यको तुलनामा मात्र १० प्रतिशत प्राप्ति हो ।

नेपालमा अहिले दुई विमानस्थल (त्रिभुवन र गौतमबुद्ध) सहित कुल ३३ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ ।

सोहीकारण भन्सार राजस्व संकलन समेत यी नाकाबाट हुने गर्छ । चैतसम्म ४ खर्ब ९० अर्ब रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य भन्सार विभागले राखेको थियो । यस अवधिमा संकलन २ खर्ब ८५ अर्ब मात्र भएको छ । यो लक्ष्यको ५८ प्रतिशत मात्र हो ।

यसै वर्ष सञ्चालनमा आएको अर्को नयाँ भन्सार विन्दु चोभार सुख्खा बन्दरगाहबाट भने लक्ष्य भन्दा धेरै राजस्व संकलन भएको छ । यो भन्सार विन्दुबाट चैतसम्म ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ राजस्ज संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलन भने १४ करोड २६ लाख ८८ हजार रुपैयाँ भएको छ । यो प्राप्ति लक्ष्यको १६० प्रतिशत हो ।

त्रिभुवन विमानस्थलबाट भने सरकारले लक्ष्यको ५८ प्रतिशत मात्र भन्सार असुली भएको छ । यो विन्दुबाट चैतसम्म २२ अर्ब ५० करोड रुपैयाँ भन्सार असुलीको लक्ष्य रहेकोमा प्राप्ति भने १३ अर्ब १९ करोड रुपैयाँ मात्र भएको छ । सबैभन्दा धेरै राजस्व भने वीरगञ्ज भन्सारबाट उठेको छ । यो भन्सारले चैतसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ राजस्वको लक्ष्य राखेकोमा संकलन १ खर्ब १५ अर्ब रुपैयाँ बराबर गरेको छ । यो लक्ष्यको ६० प्रतिशत हो ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट