April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

खारेज भयो ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १0:४१
खारेज भयो ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र

काठमाडौँ । सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ । पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि यी कम्पनीहरूको इजाजत पत्र खारेज गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम नवीकरण नगर्ने कम्पनीको स्वतः इजाजत पत्र खारेज गरिएको जनाएको छ । चैत मसान्तसम्म इजाजत पत्र नवीकरण गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।

खारेज गरिएका निर्माण कम्पनीहरूमा ‘क’ र ‘ख’ वर्गका एक÷एक वटा र बाँकी ३१ वटा ‘ग’ वर्गका छन् । काठमाडौँ महानगरपालिका–२४ का दीपक कुमार श्रेष्ठ र दिवस श्रेष्ठ प्रोप्राइटर–सञ्चालक रहेको पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि ‘क’ वर्गको निर्माण कम्पनी हो ।

त्यस्तै चाल्नाखेलका राधाकृष्ण कार्की सञ्चालक रहेको टौदह कन्स्ट्रक्सन ‘ख’ वर्गको निर्माण कम्पनीको पनि इजाजत पत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ। ‘ग’ वर्गका कम्पनीहरू क्रमशः झलक कन्स्ट्रक्सन प्रालि, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सि।एम देवान निर्माण सेवालगायत ३१ वटा कम्पनीको इजाजत पत्र खारेज गरिएको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट