November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जिप दुर्घटना, ५ जनाको अवस्था गम्भीर

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:४८
जिप दुर्घटना, ५ जनाको अवस्था गम्भीर

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।


घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भने । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भने । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्