April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

‘सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन, सतर्क रहनु होला’ : विशाल भण्डारी

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० १२:0९
‘सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन, सतर्क रहनु होला’ : विशाल भण्डारी

काठमाडौँ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तीले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफू र आफ्नो टिमले गल्ती गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन् । साथै उनले ड्रिंक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन् ।

उनले भनेका छन्-

जिवन एक भोगाइ हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । यी सबै भोगाइ र सिकाइ को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घटनामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो ।

अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घट्नाले हामिलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्-झकाएको छ । आगामी दिनमा गल्ती कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पुर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आजदेखि Comedy Champion को प्रशारण लाई निरन्तरता दिँदै छौँ । त्यही माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला ।DO NOT DRINK & DRIVE

यही चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट