sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

एकै पटक पाँच बच्चा जन्माउने आमा अंकिताको कहानी

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० ११:१३
एकै पटक पाँच बच्चा जन्माउने आमा अंकिताको कहानी

 एजेन्सी । भारतकाे झारखण्डस्थित सरकारी अस्पताल राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स) मा सोमबार दिउँसो एक महिलाले पाँच सन्तान जन्माइन् ।

यी बालिकाकी आमा अंकिता कुमारी र पिता प्रकाश कुमार साव खुसी छन् किनभने उनीहरुले विवाह गरेको सात वर्षपछि सन्तान सुख अनुभव गर्न पाए । यद्यपि, यो खुसीले उनीहरूका लागि थुप्रै चिन्ता पनि लिएर आएको छ ।

डाक्टरका अनुसार सबै बच्चा र उनीहरूकी आमाको स्थिति हाल स्थिर छ । तर पनि उनीहरुले केही समय अझै अस्पतालमा बस्नुपर्ने हुन्छ ।

उनका बच्चालाई दुवै भिन्न–भिन्न अस्पतालको नियोनटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयू) मा भेन्टिलेटरमा राखिएको छ ।

अंकिता कुमारी ७ मेदेखि रिम्समा स्त्री तथा प्रसूति रोग विभागकी प्राध्यापक डा. शशिबाला सिंहको युनिटमा भर्ना भएकी छिन् ।

प्रसव अघि भएको अनुसन्धानपछि डाक्टरले उनलाई उनको गर्भमा एकभन्दा बढी सन्तान भएको जानकारी दिइसकेका थिए ।

उनी डाक्टरको रेखदेखमा थिइन् । २२ मे अपराह्न उनलाई अचानक प्रसव पीडा सुर भयो र उनको आधा घण्टाको अवधिमा एक–एक गरी पाँच छोरी जन्माइन् ।

उनको उपचार गरिरहेकी डा. शशिबाला सिंहको टिममा समावेश डा. बुलुप्रियाले रिम्समा पहिलो पटक एकै पटक पाँच बच्चा जन्मिएको बताइन् । यसअघि यहाँ एक महिलाले चार सन्तान जन्माएकी थिइन् । अब त्यो रेकर्ड टुटेको छ ।

डा. बुलुप्रियाले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘ यस्ता घटना बेलाबेलामा आउँछन् तर यस्तो हुनु अचम्मको कुरा होइन । विश्वका विभिन्न भागमा यस्तो घटना भइरहेका छन् । यो एक सामान्य प्रक्रिया हो, जब गर्भमा एक भन्दा बढी अण्डा बन्ने गर्छ । यसको कुनै जोखिम त छैन तर भ्रूणको सङ्ख्या धेरै हुँदा समय पूर्व प्रसव र बच्चाको तौल कम हुनेजस्ता समस्या हुनसक्छ ।’

‘अंकिताको केसमा पनि यस्तै भएको हो । हामीले उनलाई सात महिनामा नै सुत्केरी गराउनु पर्‍यो । यसै कारण उनका बच्चाको तौल सामान्यभन्दा कम छ । उनीहरूको फोक्साको कमजोर छ । त्यसैले उनीहरूलाई गहन निगरानीमा राखिएको छ ।’

आइभीएफ

डा. बुलुप्रियाले अंकिता आईभीएफ प्रविधिबाट गर्भवती भएको बताइन् ।

उनले भनिन्, ‘प्राकृतिक माध्यमबाट अभिभावक बन्न नसक्नेहरूका लागि आइभीएफ कुनै चमत्कारभन्दा कम छैन ।’

‘अंकिता सात वर्षसम्म आमा बन्न सकेकी थिइनन् । त्यसैले हजारीबागको एक अस्पतालबाट आइभीएफ गराइन् । उनी धेरै महिनादेखि त्यही डाक्टरको निगरानीमा थिइन् । त्यहाँ गरिएको परीक्षणले उनी गर्भवती भएको थाहा भयो । एक भन्दा बढी बच्चाहरू भएका कारण उनलाई रिम्समा रिफर गरियो ।’

‘उनी गर्भावस्थाको २८ औँ हप्तामा हामीकहाँ आइन् । उनका सन्तान समय पुगेपछि मात्रै जन्मिउन् भन्ने हाम्रो चाहना थियो तर उनलाई समय अगावै व्यथा लाग्यो । राम्रो कुरा के भयो भने उनले प्राकृतिक तरिकाले बच्चा जन्माइन् । उनको शल्यक्रिया गर्नुपरेन ।’

‘हाम्रो वरिष्ठ डा. निलम र उनको टिमले अंकितालाई सुत्केरी गराए । उनका तीन बच्चा सिधा गरी र दुई उल्टो गरी जन्मिए । यति बेला अंकिताको स्थिति सामान्य बन्यो । यदि यस्तै स्थिति रहिरह्यो भने उनलाई केही हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिनेछ । यद्यपि, उनका बच्चाले भने थप केही हप्ता अस्पतालमा बिताउनुपर्नेछ ।’

अंकिता र प्रकाश

२७ वर्षकी अंकिता झारखण्डको चतरा जिल्लाको मलकपुर गाउँमा बस्छिन् । उनका श्रीमान् प्रकाश जीवनयापनका लागि ठेलामा फलफूल बेच्छन् । यसअघि उनी कुनै होटलमा जागिर खान्थे । त्यो जागिर छुटेपछि उनले फलफूल बेच्न सुरु गरे । उनी घरका जेठो सन्तान हुन् ।

प्रकाशले बीबीसीसँगको कुराकानीमा भने, ‘मैले एकै पटक पाँच छोरी जन्माउँछु भन्ने कहिल्यै सोचेको थिइनँ । विवाहको यत्तिका वर्षपछि छोरी जन्मिए, त्यसैले हामी असाध्यै खुसी छौँ तर अब उनीहरूको जीवन बचाउनका लागि चिन्ता छ । रिम्सको एनआइसीयूमा बेड खाली नभएका कारण मलाई आफ्ना दुई नवजात छोरीलाई राँचीकै एक निजी अस्पतालमा भर्ना गर्नुपरेको छ । बाँकी छोरीहरू रिम्समा छन् ।’

‘यहाँ मेरो प्रश्न यो हो कि जब मेरी श्रीमती १६ दिन अघि यहाँ भर्ना थिइन् तब रिम्स अस्पतालले मेरो बच्चाका लागि बेडको प्रबन्ध किन गराएन ? सबैलाई थाहा थियो, मेरी श्रीमतीको गर्भमा पाँच सन्तान छन् । हिजो राती दुई छोरीलाई निजी अस्पतालमा भर्ना गराउनुस् भनेर भनियो । म गरिब छु । निजी अस्पतालको खर्च धान्न मलाई निकै कठिन छ ।’

रिम्स प्रबन्धनले प्रकाशको आरोपमा कुनै आधिकारिक टिप्पणी गरेको छैन तर बाल रोग विभागमा कार्यरत डाक्टरले एनआइसीयूको बेड पहिलेदेखि नै भरिएका कारण दुई बच्चालाई कुनै निजी अस्पतालको एनआइसीयूमा तत्काल भर्ना गर्न सल्लाह दिइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid