sweet bonanza
June 19, 2026 | शुक्रबार, असार ६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:४८
प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

काठमाडौं ।।

‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो ।

नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो। अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।

अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निर्णय गरेकाले सोही अनुसारका सिर्जना ल्याउने उल्लेख गरेका छन् ।

‘बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्तलाग्दो कथा थियो, बोल माया । संयोगवश अहिले अरब (दुबई) मा छु र यहींबाट बोल माया-२ को टाइटल अनाउन्समेन्ट गर्दैछु,’ फेसबुकमा प्रकाशले लेखेका छन् । प्रकाश अगाडि लेख्छन्, ‘जातीय जरा यति जगडिएको छ कि बलात्कारजस्तो संवेदनशील विषयलाई पनि जातीय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ ।

बलात्कृत हुनु र जातीय अपमान भोग्नु यी दुवै अत्यन्तै गम्भीर र असह्य कुरा हुन् तर जातीय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्कोतर्फ बलात्कृत भनिएकाप्रति पनि हाम्रो संवेदना देखिंदैन । कस्तो विरोधाभाष निर्माण भइरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ ।’ प्रकाशले बोल माया-२ ले अन्धविश्वास र जातप्रथाको गलत चेतनास्तरमाथि प्रश्न गर्ने बताएका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid