April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:४८
प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

काठमाडौं ।।

‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो ।

नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो। अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।

अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निर्णय गरेकाले सोही अनुसारका सिर्जना ल्याउने उल्लेख गरेका छन् ।

‘बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्तलाग्दो कथा थियो, बोल माया । संयोगवश अहिले अरब (दुबई) मा छु र यहींबाट बोल माया-२ को टाइटल अनाउन्समेन्ट गर्दैछु,’ फेसबुकमा प्रकाशले लेखेका छन् । प्रकाश अगाडि लेख्छन्, ‘जातीय जरा यति जगडिएको छ कि बलात्कारजस्तो संवेदनशील विषयलाई पनि जातीय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ ।

बलात्कृत हुनु र जातीय अपमान भोग्नु यी दुवै अत्यन्तै गम्भीर र असह्य कुरा हुन् तर जातीय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्कोतर्फ बलात्कृत भनिएकाप्रति पनि हाम्रो संवेदना देखिंदैन । कस्तो विरोधाभाष निर्माण भइरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ ।’ प्रकाशले बोल माया-२ ले अन्धविश्वास र जातप्रथाको गलत चेतनास्तरमाथि प्रश्न गर्ने बताएका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट