May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ

“अब नागरिकताको मूल समस्या समाधान भएको छ ।” : उपेन्द्र यादव

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १२:४५
“अब नागरिकताको मूल समस्या समाधान भएको छ ।” : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक जारी गरेर राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह गरेको भन्दै धन्यवाद दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायित्व निर्वाह गरिदिँदा नागकिरताको मूल समस्या समाधान भएको प्रतिक्रिया दिए । “नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक दायित्व निर्वाह गर्नुभएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,” अध्यक्ष यादवले भने, “अब नागरिकताको मूल समस्या समाधान भएको छ ।”

बाबु आमा नेपाली नागरिक नै भएर पनि ठूलो संख्याका नागरिक नागरिकताविहीन भएको मूल समस्या नागरिकता विधेयक प्रमाणीकरणसँगै समाधानको बाटोमा गएको बताए । “अझै पनि केही समस्या बाँकी रहन्छन्,” यादवले भने, “कसैको बाबु आमा वंशजको नागकिरता भएर पनि सन्तानको नागरिकता जन्मका आधारमा छ । कसैका बाबुआमा छैनन्, दाजुहरुको नागरिकता भएर पनि उ नागरिकताविहीन छ ।” उनले यस्ता समस्या प्राविधिक समस्या भएको भन्दै त्यसलाई सच्याउँदै जानुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट