May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

पर्यटकलाई ‘स्मार्ट शौचालय’ निर्माण सुरु

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:१३
पर्यटकलाई ‘स्मार्ट शौचालय’ निर्माण सुरु

काठमाडौ । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण सुरु गरेको छ । शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले बिहीबार शिलान्यास गरेका छन् ।

उक्त शौचालयमामा स्तनपान कक्षसमेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए । यो शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने, ‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं ।अपाङगता र ज्येष्ठ नागरिकमैत्री यो शौचालय छ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।’

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढेको बताए । उनले ९ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिए । उनले भने, ‘शौचालय बसेर लामो सास तान्न पनि नगन्हाउने शौचालय निर्माण गर्छौ ।’ बाँकी शौचालय पनि क्रमशः निर्माण हुने उनले बताए । शौचालय निर्माणको ठेकेदारलाई समयमै काम सक्न अनुरोध गरे । शौचालय एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ ।

६ वटा युरेनलसहितको तीन पुरुष शौचालय र ६ वटा महिला शौचालय निर्माण हुनेछ । त्यसैगरी एउटा अपाङगतामैत्री शौचालय पनि निर्माण हुने उनले बताए । पर्यटकका लागि शौचालय निर्माण भएको यो संभवत पहिलो शौचालय हो । पीपीएण्डपी सिर्जनशील जेभीले यो शौचालय निर्माणको जिम्मा पाएको छ । यो योजनाका ठेकेदार सुन्दर लामाले सम्झौतामा उल्लेख भएकै समयमा शौचालय निर्माणको काम सक्ने प्रतिबद्धता जनाए । महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्रमा अहिले भएका शौचालयहरु यो निर्माण भएपछि भत्काउने बताए । पर्यटकलाई नै लक्षित गरेर बनाइएको सभवत पहिलो हो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।