sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रमुख हान्ना : राष्ट्रसंघ सधैँ नेपालको हित चाहन्छ

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२२
प्रमुख हान्ना : राष्ट्रसंघ सधैँ नेपालको हित चाहन्छ

काठमाडौं । संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्रसंघले सधैँ नेपालको विकास चाहने बताएकी छन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर उनले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्रसंघले सधैँ सहयोग गर्ने बताएकी हुन् । दिगो विकास सम्मेलन तथा अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी नेपालको प्रशंसायोग्य कदम रहेको उनले बताइन् । नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारहरूबीच समन्वय गर्न इच्छुक रहेको उनले उल्लेख गरिन् ।

आउँदो सेप्टेम्बरमा न्युयोर्कमा दिगो विकासको लक्ष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । उक्त सम्मेलन सफल बनाउनका लागि नेपालले पनि आवश्यक सहयोग गर्न नेपाल संयोजक हान्नाले उपाध्यक्ष श्रेष्ठलाई अनुरोध गरिन् । भेटका क्रममा उनले स्केलिङ अफ न्युट्रेसन (एसयूएन)का प्रमुख नेपाल भ्रमण गर्न इच्छुक रहेको समेत बताएकी थिइन् । उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले हालसम्म पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । उनले नेपालले तयार गरिरहेको ‘स्मुथ ग्राजुएसन स्टेटिजी’लाई अन्तिम रूप दिई त्यसको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकेको बताए । उनले नेपाल र संयुक्त राष्ट्रसंघको सहकार्य र साझेदारी महत्त्वपूर्ण हुने धारणा राखे ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid