April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

निर्माणाधीन आयोजना सकाउन एमालेको ध्यानाकर्षण, मुख्य आयोजना सक्ने यस्तो छ समयतालिका

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0१
निर्माणाधीन आयोजना सकाउन एमालेको ध्यानाकर्षण, मुख्य आयोजना सक्ने यस्तो छ समयतालिका

रुपन्देही । बुटवल क्षेत्रमा भइरहेका विकासका निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्तीबारे नेकपा एमाले बुटवल उपमहानगर कमिटीले डिभिजन सडक कार्यालय बुटवलसँग अन्तरक्रिया गरेर कामसक्ने समय निर्धारण भएको छ ।

निर्माणाधीन विभिन्न आयोजनाको काम समयमा पूरा नहुँदा एकातिर नागरिकले सास्ती पाउने र अर्कोतिर आयोजनाको लगानी बढ्ने भएकाले समयमै पूरा गर्न समन्वय गर्ने निचोड अन्तरक्रियाले निकालेको छ ।

चौराहा–गोलपार्क ६ लेन सडक, चौराहा–बेसक्याम्प सडक, तिनाउ दानव करिडोर, मगरघाट, हात्तीसुँढ र हरिहरपुरको पुल निर्माणपछिको व्यवस्थापनको कार्यलगायतका विभिन्न विकासे आयोजनाहरु निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै एमालेले निर्माणको कामलाई तीव्रता दिन आग्रह गरेको हो ।

एमाले बुटवलका अध्यक्ष किसन ज्ञवालीका अनुसार डिभिजन सडक कार्यालयसँग गरिएको अन्तरक्रियाबाट चौराह गोलपार्क सडक अन्तरगतको १ महिनाभित्र दुबैतर्फको नाली किलियर गर्ने, बीचको पिचको भाग पहिलो लृयरको काम सक्ने, मेनरोडदेखि एक्सेस रोड निकास सबै किलियर गर्ने, निर्माण क्षेत्रमा धुलो नउड्ने गरी पानी राख्ने र काम गुणस्तरीय गराउने सहमति गरिएको छ ।

त्यसैगरी तिनाउ– दानव कोरिडोर अन्तरगत वर्षा लागिसकेकोले बुटवलको बस्ती एरिया जहाँ बाढीको जोखिम छ त्यहा अस्थायी संरचना निर्माण गरेर ९इट्टाभट्टी, देबिनगर,बुद्द्नगर,रानिगंज ठोकर एरियामा बाढीको जोखिमलाई समाधान गर्न, आयोजना अन्तर्गतको तटबन्धको कामलाई तीब्रता दिन, आयोजना अन्तर्गत खोलामा क्रसर उद्द्योग राखी नदीजन्य पदार्थको अपचलन गर्ने , हरिहरपुरको नदी उकास साइडबाट चोरीनिकासी भएकोले त्यसलाई तुरुन्तै रोक्न बुटवल उपमहानगर र सिडियो कार्यालयलाई ध्यानाकर्षण गराउने, कामलाई छिटोछरितो र गुणस्तरीय गर्ने, मगरघाट पुल हात्ती सुड पुलमा पानी जम्ने समस्या समाधान गर्ने सहमति गरिएको छ ।

अध्यक्ष ज्ञवालीले अघिल्लो आर्थिक बर्ष बजेट परेर काम सुरु भएका तर अहिले बजेट नहालेर अलपत्र परेका रुपन्देहीका ३८ वटा सडक अलपत्र परेकोले सरकार लाई दवाब दिने योजना रहेको बताए । उनले बुटवल उपमहानगरपालिका अन्तर्गतका आयोजनाहरुमा पनि जनप्रतिनिधि, संम्बन्धित आयोजना कार्यालय र ठेकदारको ध्यानाकर्षण गराउने बताएका छन् ।

ज्ञवालीले निर्माणाधीन सडक आयोजनाको काममा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको, राजनीतिक दलका नेता र जनप्रतिनिधिप्रति नकारात्मक भावना सिर्जना भएको भन्दै काममा हुने गरेका अवरोधलाई पन्छाएर छिटो निर्माण सक्नेतर्फ अघि बढ्न आग्रह गरे ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बुटवलको सडकको ४८ प्रतिशत भौतिक प्रगति र २९ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिंदै अव असार मसान्तसम्म ६ लेन सडकको बीच भागमा कालोपत्रे र दुवैतर्फ नाली निर्माणको कामसक्ने जानकारी दिए ।

उनले सर्भिस लेनको काम भने त्यसपछि मात्रै अघि बढाइने बताए । त्यस अवसरमा इन्जिनियर महेश्वर लम्सालले विभिन्न आयोजनाहरुको कामको प्रगतिबारे जानकारी गराएका थिए । छलफलमा एमाले बुटवल नगर कमिटीका पूर्वअध्यक्ष ज्ञानप्रसाद अर्याल, उपाध्यक्ष शोभाखर पोखरेल, सचिव मेघराज भट्टराईलगायत सहभागी थिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।