sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तापक्रम आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० ११:४१
तापक्रम आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना

काठमाडौं । विगत केही दिनदेखि वर्षा र वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि भएको छ । तापक्रमसँगै गर्मी पनि बढेको छ । नेपालमा वैशाखदेखि साउनसम्म अरू महिनाको तुलनामा बढी गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या हुनसक्छ । बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेलगायत समस्या हुन सक्ने डब्ल्यूएचओले जनाएको छ ।

गर्मीका कारण हुन सक्ने असरबाट जोगिन विभिन्न सतर्कता अपनाउन सकिन्छ । बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्वत आदि) पिउने, चिसो पानीले नुहाउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह-सुझाव लिनुपर्ने डब्ल्यूएचओले जनाएको छ ।

पक्रम ४० डिग्री सेल्सियस पुगिसकेको छ । जनकपुर, सिमरा, भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।

जनकपुर, सिमरा र भैरहवामा ४१, काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने “जनकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज (शुक्रबार) ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ,” उनले भने, “तापक्रम निरन्तर बढ्ने क्रममा रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।

कम्तीमा तीन दिन तापक्रम बढ्ने क्रममा रहेको छ ।” काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ । देशका अधिकांश स्थानमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid