April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

तापक्रम आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० ११:४१
तापक्रम आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना

काठमाडौं । विगत केही दिनदेखि वर्षा र वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि भएको छ । तापक्रमसँगै गर्मी पनि बढेको छ । नेपालमा वैशाखदेखि साउनसम्म अरू महिनाको तुलनामा बढी गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या हुनसक्छ । बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेलगायत समस्या हुन सक्ने डब्ल्यूएचओले जनाएको छ ।

गर्मीका कारण हुन सक्ने असरबाट जोगिन विभिन्न सतर्कता अपनाउन सकिन्छ । बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्वत आदि) पिउने, चिसो पानीले नुहाउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह-सुझाव लिनुपर्ने डब्ल्यूएचओले जनाएको छ ।

पक्रम ४० डिग्री सेल्सियस पुगिसकेको छ । जनकपुर, सिमरा, भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।

जनकपुर, सिमरा र भैरहवामा ४१, काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने “जनकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज (शुक्रबार) ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ,” उनले भने, “तापक्रम निरन्तर बढ्ने क्रममा रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।

कम्तीमा तीन दिन तापक्रम बढ्ने क्रममा रहेको छ ।” काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ । देशका अधिकांश स्थानमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट