July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कैलालीमा उपभोक्ता समितिको नाममा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:0२
कैलालीमा उपभोक्ता समितिको नाममा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार

धनगढी ।  उपभोक्ता समितिको नाममा कैलालीको लम्कीमा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार भएकाे पाइएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका- ३ मा झाेलङ्गे पुल निर्माणमा भ्रष्टाचार भएको स्थानीयको आरोप छ। लम्कीचुहा नगरपालिका- ३ को शान्तीटोलदेखि कोपिला सामुदायिक बन जोडने धोवेनी खोलामा निमार्णाधिन झोलुङ्गे पुल निमार्णका क्रममा समितिले १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको हो।

अघिल्लो आर्थिक वर्षबाट काम सुरु भएको झोलुङ्गे पुलको निमार्ण कार्य फागुनमा सम्पन्न भएको हो। पुल निमार्णको काम सम्पन्न भएपछि स्थानीयहरूको ज्यालामजदुरी बाफत भन्दै कीर्ते हस्ताक्षर गरी करिब १८ लाख निकासा भएपछि घटना सार्वजनिक भएको हो।

लम्कीचुहा नगरपालीका- ३ धोबेनी खोलामा झोलुङ्गे पुल निमार्णका लागि करिब ६५ लाख विनियोजन गरीएको थियो।

विनियाेजन गरीएको बजेटमा १८ लाख रुपैयाँ बचत भएको तर स्टेमट अनुसार काम नगरी बचेको रकम उपभोक्ता समिति पदाधिकारी र स्थानीयहरूलाई श्रमदान गरेको भन्दै रकम बाडफाँट गरीएको पाइएको हो। तर वितरण गरिएको रकम अधिकांश स्थानीयले पाएका छैनन्।

अधिकांश स्थानीयको कीर्ते हस्ताक्षर गरी पुल निमार्णमा मजदुरी गरेको भन्दै रकम निकासा भएको तथ्यले समेत देखाएको छ। रकम निकासा गरीएका व्यक्तिहरू कतिपय गाउमै छैनन् भने कतिपय अध्ययनको सिलसिलामा काठमाडौँमा छन् भने कतिपय अहिले पनि भारतामा रोजगारी गरीरहेका छन्।

उता, रकम बाडँफाँटको विषयमा कुरा नमिल्दा पुल उपभोक्ता समितिका अध्यक्ष पूर्णप्रसाद बजगाई र सचिव महेन्द्र तिमिल्सिनाबीच विवाद भइ हात हालाहाल‍समेत भएको स्थानीयले बताएका छन्।

सो विषय बाह‍िर आएपछी वडा नम्बर ३ का वडा अध्यक्ष लबबहादुर शाही गाउँमा गएर सहजीकरण गरेको र आफूले यो विषय मिलाउने बताएका छन्।

विकास निमार्णमा भएका काम कारवाहीको अनुगमनको जिम्मेवारी पाएको लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुखसमेत रहेको अनुगमन समितिकी संयोजक जुना चोधरीलेसमेत सो विषयको विवाद गाउँमै मेलमिलापद्वारा समाधान गरिनुपर्ने बताएकी छन्।

उपभोक्ता समिति र बजेटको सम्बन्धमा उपभोक्ता समितीमा नगएका, सो योजनामा कुनै पारिश्रमिकको रूपमा वा श्रमदानको रुपमा काम नगरेका ब्यक्तिको नाममा पुलको काम गरेवाफत बुझी लिएको कृते भरपाइ बाहिर आएकाे छ।

उपभोक्ता समितिका अधयक्ष बजगाईले भने करिव ८ लाख ७१ रुपैयाँ बचत भएको र सो रकम आफूले खर्च गरेको स्वीकार गरेका छन्। समतिका अध्यक्ष र सचिव नाताले भिनाजु र साला भएको समेत खुल्न आएको छ।

परिवारकै सदस्य र आफन्तलाई राखेर उपभोक्ता समति गठन गरीएकोले अझै बढी आर्थिक चलखेल भएको हुन सक्ने स्थानीयको आशंका छ।

लम्कीचुहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट र झुलुङ्गेपुल विकास समितिको बजेटमार्फत स्थानीय सरकार लम्कीचुहा नगरपालिकाको कार्यालयद्वारा कार्यान्वयन भएकोले उक्त योजनाको तत्काल छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्।

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्