April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

राजा वीरेन्द्र शाहको वंशनाश, हत्याकाण्डको २२ वर्ष पूरा

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १३:0६
राजा वीरेन्द्र शाहको वंशनाश, हत्याकाण्डको २२ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिए।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले धेरै मानिसले पत्याएका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्। २०६२-६३ को जनआन्दोलनमार्फत पुनः स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो।

२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो। २०६५ फागुन १५ देखि सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गर्यो । हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक हल लगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।