April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

चालीस वर्षपछि नारायणी लिफ्टको मटर फेरियो

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0९
चालीस वर्षपछि नारायणी लिफ्टको मटर फेरियो

चितवन, जेठ २१ गते । पश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ ।

धान रोप्ने समयमा नारायणीबाट पानी तानेर नहरमा राख्ने मोटरमा समस्या आएर हैरानी व्यहोर्दै आएका किसानलाई अब ढुक्क भएको छ । नारायणी लिफ्टको पुरानो मोटर फेरेर अब नयाँ जडान गरिएको छ । ‘नहर निर्माणमा क्रममा जोडिएको मोटर चालीस वर्षपछि फेरिएको छ’ नारायणी लिफ्ट खगेरी सिँचाई व्यवस्थापन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर प्रकाश तिम्सिनाले भन्नुभयो ।

‘पुरानो मोटर हुँदा बिग्रेर समस्या आउने गरेको थियो मर्मत गर्दै सञ्चालन गर्दा सिँचाइमा कठिन हुने’ उहाँले भन्नुभयो ‘अब त्यस्तो समस्या हुँदैन ।’ भारतको कलकत्ताबाट मोटर ल्याएर जडान कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । धेरै वर्षदेखिको हामीले गरेको प्रयास अहिले सफल भएको छ कार्यालयका इन्जिनियर कुलराज चालिसेले भन्नुभयो ‘२६ करोड रुपियाँको लगानीमा मोटर खरिददेखि जडान कार्य सम्पन्न भएको छ ।’

चार हजार सात सय हेक्टरमा सिचाइ हुने नारायणी लिफ्टको नहरको मर्मत संहार गरी पानी छाड्ने तयारी अवस्थामा रहेको छ । नारायणगढको ओरालो क्षेत्रमा नहरको डिल भत्केर समस्या आएको स्थानमा आरसिसी ढलान गरी मर्मत गरिएको छ । लिफ्टको तीन वटा नहर भए पनि अहिले चालु अवस्थामा दुई वटा नहर मात्र  छ । मूल नहर र एउटा सहायक नहर भरतपुरको गोन्द्राङ जङ्गल क्षेत्रबाट गएको छ ।

नदीको पानी तानेर नहरमा छाड्ने भएकाले यसमा विद्युत्को पावर धेरै लाग्दछ । विद्युत् प्राधिकरणले केही वर्ष यता लिफ्ट क्षेत्रलाई डेलिकेट लाइनबाट हटाएको कारण लोडसेडिङ हुने, पावर नपुग्ने जस्ता समस्या हुने गरेको इन्जिनियर चालिसेले बताउनुभयो । सिँचाई गर्ने समयमा विद्युत् आपूर्ति बन्द हुने, पावर कम हुने जस्ता समस्याले हैरानी भएको उहाँले बताउनुभयो ।

खगेरी नहरको मर्मत सकियो 

पश्चिम चितवनमा सिचाइ हुने खगेरी नहरको जग्गा अतिक्रमणबाट रोकी मर्मतसम्भार कार्य सकिएको छ  । बढ्दो सहरीकरणले गर्दा नहरको जग्गा अतिक्रमण हुनबाट रोकी मर्मत गरी सिँचाइलाई व्यवस्थित पारेको कार्यालयले जानकारी दिएको छ । बागमती प्रदेश सरकारको पाँच करोड रुपियाँको नहरको एकातर्फ सडक सहित मर्मत कार्य गरिएको हो । नहरलाई सफा गर्दै सडक निर्माण गरी जग्गा अतिक्रमणबाट रोक्न सहज भएको नारायणी लिफ्ट खगेरी सिँचाई व्यवस्थापन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर तिम्सिनाले जानकारी दिनुभयो ।

बहुवर्षे योजना अन्तर्गत बजेट आएको कार्यालयले जानकारी दिएको छ । नहरको सर्भिस लेन यस वर्ष १२ सय मिटर रहेको छ । मर्मतको लागि भनेर सङ्घ सरकारको बजेट हरेक वर्ष कटौती हुँदै आएको र प्रदेश सरकारले बजेट वृद्धि गरेको कार्यालयले जानकारी दिएको छ । नारायणी लिफ्टको जग्गा अतिक्रमण भएर नहर मासिसकेकाले खगेरी नहरको जग्गा समयमा नै सुरक्षित राख्न काम भएको इन्जिनियर चालिसेले बताउनुभयो । चालिसेले भन्नुभयो ‘नारायणी लिफ्टको सी क्यानल नहर अतिक्रमण भएको छ, अहिले जग्गा समेत भेटिँदैन, खगेरीको पनि त्यही अवस्था नहोस् भन्नका लागि संरक्षणको काम भएको छ ।’

खगेरी नहर रत्न नगर नगरपालिकाको पूर्व पश्चिम राजमार्गको टिकौली बाट सुरु भएको छ । यो नहर २३ किलोमिटर लम्बाइ रहेको छ । यस नहरबाट ३ हजार ९ सय हेक्टर क्षेत्रफल सिँचाई हुँदै आएको छ । १२ वटा शाखा रहेको नहर भरतपुर महानगरपालिकाको पश्चिम चितवन क्षेत्रमा सिचाइ हुने गरेको छ । वर्षमा चार महिना सञ्चालन हुने नहरबाट मुख्य धानबालीका लागि मात्र लाभदायक भएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट