May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १६:३१
वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप ‘कर्णाली समृद्धि’ अभियान सञ्चालन गरिने बताए । सरकारले नीति तथा कार्यक्रममा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनलाई प्राथामिकता दिइएको छ ।

सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई थप परिमार्जन सहित निरन्तरता दिइएको छ । प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिने र प्राङ्गारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने प्रदेश प्रमुख परियारले बताए ।

त्यस्तै जनआन्दोलन, जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका परिवारलाई कृषिमा सहुलियत दिइने, उत्पादनमूलक सहकारीलाई प्रवर्द्धन गरिने, हरित व्यवसायको स्टाटपका लागि बीउ र प्रविधि उपलव्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मझेउला तथा साना उद्योगहरुलाई व्याज अनुदान दिइने सरकारले नीति लिएको छ । त्यस्तै बोर्टानिकल र जियोलोजिकल पार्क स्थापना गर्ने, एक वडा एक उत्पादन सहकारीको अवधारण कार्यान्वयन गरिने, श्रमिक सहकारीलाई प्राथामिक्ता दिइने समेत सरकारले निीत लिएको प्रदेश प्रमुख परियारले बताए ।

कर्णाली प्रदेश पर्यटन गुरुयोजना कार्यान्वयन गरि पर्यटकिय पूर्वाधारको प्रवर्दन गरिने बताइएको छ । साथै कर्णाली कैलाश धार्मिक परिपथको अवधारणलाई समेत नीति तथा कार्यक्रममा राखिएको छ । सुर्खेत विमानस्थल विस्तार गरिने कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तार गर्ने पुरानै योजना दोहो¥याएको छ । प्रदेश प्रमुख परियारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने बताए ।

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आफनो पालामा विमानस्थल विस्तारको कामलाई अगाडि बढाउन नसकिने बताएका थिए । त्यसको सट्टा भेरीगंगामा नयाँ विमानस्थल निर्माण गर्ने भनिएको थियो । तर अहिलेको सरकारले उक्त योजनालाई पुनः नीति तथा कार्यक्रममा ल्याएको छ । प्रदेश सरकारले शुरुवाति देखिनै उक्ता आयोजनालाई नीति तथा कार्यक्रममा राख्दै आएपनि कार्यान्वयन भने गर्न सकेको छैन ।

निजी क्षेत्रले नयाँ विमानस्थल निर्माण गर्न समय लाग्ने भएको भन्दै वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने बताउँदै आएका थिए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।