sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजेटमा कृषिलाई प्राथमिकता दिन आग्रह

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:५३
बजेटमा कृषिलाई प्राथमिकता दिन आग्रह

जनकपुरधाम,। मधेश प्रदेश सभामा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता अर्थात् पूर्वबजेटमाथि आइतबारदेखि छलफल सुरु भएको छ। सभामा प्रदेश सांसदहरूले कृषिले प्रदेशको जिडिपी बढाउने भएको हुँदा कृषिमा बढी बजेट विनियोजन गर्न आग्रह गर्नुभएको छ।

बैठकमा प्रदेश सांसद रामआशिष यादवले विगतमा कृषि क्षेत्रमा देश पूर्ण रूपमा मधेशमा निर्भर भएकाले प्रस्तुत विधेयकमा कृषिलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो। उहाँले विनियोजन विधेयकमा वातावरण संरक्षणको विषय स्पष्ट रूपमा राखिनुपर्ने बताउँदै वातावरण सन्तुलनका लागि विभिन्न स्थानमा निर्माण गरिने पार्कको मोडेलमा ध्यान दिनुपर्ने बताउनुभयो।

यस्तै सांसद जवाहरलाल कुशवाहाले सरकारी, निजी तथा सहकारीलाई जोडेर तीन खण्डीय अर्थ नीतिको व्यवस्था ल्याउनुपर्ने बताउनुभयो। उहाँले तीन खण्डीय अर्थ नीतिले सहकारी क्षेत्रलाई प्रवर्धन गर्ने नीति ल्याउनुपर्ने बताउँदै नदी नियन्त्रणतर्फ जोड दिई चुरे क्षेत्रलाई जोगाउनुपर्ने बताउनुभयो।

सांसद किरणकुमारी साहले आगामी बजेटमा शिक्षामा जोड दिनुपर्ने भन्दै प्रदेशको पाठ्यक्रममा एकरूपता ल्याउने खालको बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले महिला शिक्षालाई प्राथमिकतामा राख्दै प्रदेशमा कन्या आवासीय विद्यालय स्थापना हुनुपर्ने भन्दै भौतिक पूर्वाधार सम्पन्न विद्यालय स्थापनामा जोड दिनुभयो।

सांसद जनार्दनसिंह क्षेत्रीले पर्यटन र महिलाको स्वास्थ्यलाई ध्यानमा राखी बजेट कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। पर्सा राष्ट्रिय निकुञ्जलाई सौराहा जस्तो बनाउनुपर्ने र महिलाको पाठेघर क्यान्सरका लागि निःशुल्क खोपको व्यवस्था हुने खालको योजना आगामी बजेटमा समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यस्तै सांसद प्रमोदकुमार जैसवालले अन्तरप्रदेश सहकार्यमा जोड दिनुपर्ने बताउँदै दुई प्रदेशबिचको सहकार्यलाई बढावा दिने खालको बजेट विनियोजन हुनुपर्ने बताउनुभयो। उहाँले एक प्रदेशको उत्पादन अर्को प्रदेश र अर्को प्रदेशको उत्पादन मधेश प्रदेशमा ल्याउने खालको योजना पनि आगामी बजेटमा समेटिनुपर्ने बताउनुभयो।

सांसद शेषनारायण यादवले महेन्द्रनारायण निधि आवास परियोजना आगामी बजेटमा समावेश गरिनुपर्ने बताउनुभयो। सांसद मालाकुमारी कर्णले स्वास्थ्य क्षेत्रमा जोड दिँदै ‘डोर टु डोर’ डाक्टर सेवाका लागि  बजेट विनियोजन हुनुपर्ने, फोहोर प्रशोधन केन्द्र प्रदेशमा स्थापन हुनुपर्ने र पर्यटन प्रवर्धनका लागि योजना ल्याउनुपर्ने बताउनुभयो। सञ्चार क्षेत्रलाई सक्षम बनाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

यसै गरी सांसद मनोजकुमार सिंहले लागुऔषध दुव्र्यसनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सांसद श्यामप्रसाद पटेलले पर्यटन प्रवर्धनका लागि प्रदेशमा पर्यटन बोर्ड गठन गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि प्रदेश सांसदहरूलाई प्रस्ताव गर्नुभएको थियो। छलफलमा अधिकांश सांसदले आगामी बजेटमा कृषिसँगै पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको मधेश प्रदेशका पर्यटकीय स्थल प्रवर्धनका लागि पर्यटकीय क्षेत्र विकाससम्बन्धी योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० 0९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid