April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

पार्टी सुधार नभएको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:१४
पार्टी सुधार नभएको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

बुटवल । पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिवसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जनवर्गीय संगठनका पदाधिकारीले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरिएको तर जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गरी उल्टै व्यक्तिगत लाञ्छना र कारबाहीको धम्की दिंदै गुटगत सोचले अघि बढेपछि राजीनामा दिनुपरेको बताए ।

‘पार्टीलाई विधि प्रकृया र संस्थागत रुपले अघि बढाउनुपर्छ भनेर ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि एक महिनाअघि सुझाव पत्र पेस गरेका थियौं,’ भण्डारीले भने, ‘तर हाम्रा सम्बोधन गरी पार्टीलाई सुदृढ बनाउने भन्दा निरंकुश शैलीमा गुटगत पुर्वाग्रह राखेर पार्टीबाट निस्किएर गए हुन्छ भने ढंगबाट व्यवहार भएपछि राजीनामा गर्न बाध्य भयौं ।’

जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारीले समेत पार्टी सुधारका लागि राखेका माग सम्बोधन गर्न कुनै चासो नराखी बेवास्ता गरेको भण्डारीले गुनासो गरे ।

राजीनामा दिएका नेता कार्यकर्ताहरुले तत्काल स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताए ।

१० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताए ।

भण्डारीसहितका पूर्वमाओवादी नेता कार्यकर्तालाई एमाले उपाध्यक्ष विष्णु पौडेलको पहलमा पार्टीमा प्रवेश गराइएको थियो ।

राजीनामा दिएकामध्ये एक नेताले उपाध्यक्ष पौडेलको पक्षका मान्छे भनेर जिल्ला नेतृत्वमा रहेका नेताहरुले आफूहरुका माग सम्बोधन गर्न बेवास्ता गरी पार्टीबाट जबरजस्ती बाहिर धकेल्न खोजेको गुनासो गरे ।

आगामी दिनमा पार्टीमा आमूल परिवर्तन गरी जनताको मनोभावना अनुसार काम गर्ने गरी वार्ता गर्न आएमा संवाद र वार्ताको ढोका पनि खुल्ला राखेको राजीनामा दिएका एमाले सिद्धार्थनगर-८ का अध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट