काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका कारण आइतबार स्थगित भएको प्रतिनिधि सभा बैठक आज सुरु भएको छ । आइतबारको बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएर अवरोध गरेपछि संसद एक घण्टाका लागि स्थगित भएको थियो ।
दलहरूबीच सहमति नभएपछि आइतबार बैठक सुरु हुन सकेको थिएनन् । संसदमा गत १५ गते प्रस्तुत भएको बजेटमाथि छलफलको तयारी गरिएको छ ।