April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण

वडाध्यक्षले दिए आठ कक्षाको परीक्षा

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १३:५७
वडाध्यक्षले दिए आठ कक्षाको परीक्षा

नेपालगञ्ज ।  बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन्।

वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले आठ कक्षाको परीक्षा दिएका हुन्। खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन्।

‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाइ छ। वडाध्यक्ष शेषले अगाडिको कक्षाको परीक्षा दिने बताएका छन्।

शेषका छोरा कक्षा ९ मा पढ्छन्। भतिजो पनि पढेलेखेका छन्। छोरा र भतिजोसँग नियमित कक्षा लिएर शेषले परीक्षा दिएका  हुन्। भानु माविका शिक्षक जिआउल हकले पनि घरमा आएर पढाइदिन्थे।

सोमबार परीक्षा सिधिएपछि पालिकामा आइपुगेका शेषले राजनीतिमा योग्यता चाहिने भएकाले पढ्न सुरु गरेको बताए। त्यसो त शेष भानु माविको व्यवस्थापन समितिको अध्यक्ष हुन्। भारी मत अन्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै उनी अध्यक्ष भएका थिए।

माविको व्यवस्थापन समितिको अध्यक्ष हुन भने एसएलसी पास भएको हुनुपर्छ। शेषसँग त्यो प्रमाणपत्र भने थिएन।

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।