गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-२ ल्क्ष्मी नारायण चाैक स्थित उराँव समुदायकाे उत्पत्ति कालदेखिकाे पहिचान झल्काउने संग्रहालय निर्माण भएकाे छ ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले विभिन्न दातृ निकायबाट सहयाेग जुटाएर उराँव संग्रहालय भवन तथा सभाहलकाे निर्माण गरेकाे हाे ।
उक्त संग्रहालयमा उराँव समुदायको उत्पत्ति कालदेखिकाे भेषभुषा,हाथहथिया,विभिन्न कालखण्डका चित्र,उराँव समुदायसँग सम्बन्धित सम्पूर्ण सामाग्री राखिने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाका अध्यक्ष बेचन उराँवले जानकारी दिए ।
अध्यक्ष उराँवका अनुसार उराँव समुदायको पहिचान झल्किने गरि सुनसरीको इनरुवामा मात्र यस्ताे संग्रहालय निर्माणभएकाे छ ।
उक्त स्थानमा उराँव समुदयकाे महान पर्व करम पुजामा विभिन्न जिल्लाबाट उराँव समुदायका मानिसहरु आएर करम नाच नाच्दै करम पुजा मनाउने गरेकाे छ ।