May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव हुने

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:१९
‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव हुने

काठमाडौं ।।

पर्यटन र फिल्म प्रवद्र्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा आगामी असोज ४ गतेदेखि ६ गतेसम्म सुर्खेतमा महोत्सव हुन लागेको जानकारी दिइयो ।

‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव आयोजना गर्न लागिएको संयोजक तथा अन्तर्राष्ट्रिय रुपमै राम्रो कमाइ गरेको फिल्म ‘प्रेमगीत ३’का निर्माता चक्रबहादुर चन्दले बताए । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले फिल्म छायांकनको प्रचूर सम्भावना भएको कर्णाली क्षेत्रलाई प्रतिनिधित्व हुनेगरी महोत्सव आयोजना गर्न आफूले सघाउने बताए ।

‘कर्णाली नेपाली भाषाको उद्गम थलो भएकाले यहाँका कथा, कला, रीतिरिवाज, भेषभूषा, परम्परा र भाषा संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न महोत्सव प्रभावकारी हुने आशा मैले लिएको छु,’ उनले भने । उनले कर्णालीमा फिल्म छायांकनका लागि जाँदा सडकको दूरावस्थाले चुनौती सिर्जना गरेको भन्दै सडकको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, राप्रपा नेतृ कुन्तीकुमारी शाही, मध्यपश्चिम विश्विद्यालयका पूर्वरजिष्टार महेन्द्रकुमार मल्ल, कमेडियन हिमेश पन्त, फिल्म निर्मात्री रज्जु प्रधानलगायत उपस्थित थिए । महोत्सवमा दर्शन नेपाल क्रियसन प्रालि र वर्षाज फिल्म वर्क्स सिक्किमको ब्यानरमा निर्माण भएको लागुऔषधविरुद्धको सन्देश दिने फिल्मको प्रिमियर गरिने समेत जानकारी दिइयो । यो फिल्मलाई ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।