February 5, 2025 | बुधबार, माघ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुन सक्दैनः अध्यक्ष ढकाल

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १४:0५
वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुन सक्दैनः अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत् हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने बताएका छन्।

सोमबार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले आर्थिक विधेयकमार्फत् सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको बताए।

आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमूलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने उनकाे भनाइ छ।

अध्यक्ष ढकालले सरकारले बैंक तथा वित्तीय संस्थाहरू मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुटलाई कटौती गर्नु राम्रो नभएको बताए।

उहाँले भन्नुभयो, ‘सरकारले आर्थिक विधेयकमा स्टिल र उत्पादन उद्योगमा लगाएको करका दरहरूका विषयमा निजी क्षेत्रको माग थिएन। सरकारले बैंक तथा वित्तीय संस्थाहरू मर्ज हुँदा नियामक निकायले प्रोत्साहन लागि दिएको छुटलाई कटौती गर्नु राम्रो भएन। यसरी आर्थिक वर्षैपिछे करका दर परिर्वतन गर्नु आर्थिक ऐन स्थिर हुन नसक्नु हो। यदि सरकारले आर्थिक नीति स्थिरता दिन सकेन भने निजी क्षेत्रको मनोबल कमजोर हुन्छ। त्यसले आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन सक्दैन।’

अध्यक्ष ढकालले सरकारको आर्थिक विधेयकमा करका दर अचानक परिवर्तन गर्दा दीर्घकालीन असर पर्ने पनि बताए।

उनले निजी क्षेत्रले बजेट सुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा विरोध गर्ने प्रचलन रहेको भन्दै बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर आर्थिक विधेयकमा लेख्ने नम्बर परिवर्तन गर्ने आशंकासमेत व्यक्त गरे।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्