sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:२१
जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

तर, धरान–१३ (साविक धरान १०) को एक कित्ता जग्गा दाजुबाट छलेर आफ्नो नाममा ल्याउन भने भाईहरुले मृत्युदर्ता नै गरेर बाँडफाँड गरिदिएका छन् । धरान नगरपालिकाले २०६९ साल फागुनमा मृत्यु दर्ता प्रमाणित गरिदिएका अशोक श्रेष्ठ बुधबार यो सूचना दिन आफैं उपस्थित भएका थिए । धरान नगरपालिकाले भन्दा अगाडी मालपोत कार्यालय सुनसरीले २०६३ फागुन ४ गते वेपत्ता भएको सुचना जारी गरिसकेको छ । यो सुचनाको छाँयाकपी २०७१ कार्तिक ११ गते पनि जारी भएको छ ।

खासको के थियो पृष्ठभूमि
धरान नगरपालिका–१३ (साविक १० नम्बर) मा स्वर्गिय विश्वनाथ श्रेष्ठको १५६ कित्ता नम्बरमा ०–१–१४ क्षेत्रफलको जग्गा थियो । विश्वनाथका तीन भाई छोरा अशोक श्रेष्ठ (जेठो), सुदिल श्रेष्ठ (माइलो) र अनिल श्रेष्ठ (कान्छो) छोरा थिए । उनीहरुसँग स्व.तुलसी माया श्रेष्ठ एक चेली थिइन् ।
अशोकले तीन विवाह गरे । जेठी श्रीमती हेटौंडाबाट विवाह गरेको तीन महिनापछि मृत्युभयो । माईली लेटाङबाट विवाह गरेका थिए । उनी माईती फर्किन् । कानुनले माईली श्रीमतीतर्फ एक छोरी र एक छोरा रहेको देखिन्छ । यद्यपी अशोक भने तीन महिना मात्रै बसेकी श्रीमतीबाट सन्तान जन्मेको आफूलाई थाहा नभएको बताउँछन् । अशोकले २०५० सालमा अर्की श्रीमतीसँग विवाह गरे । उनी सविता श्रेष्ठ अहिले अशोकसँगै छिन् । कान्छीबाट तीन छोरी जन्मिए ।

२०६० सालबाट अशोक र सविता विराटनगरमा बस्दै आएका छन् । उनले जति विवाह गरेपनि बाबुको नाममा रहेको अशं अन्य दाजु भाई सरह पाउनु पर्ने थियो । तर, भाईहरु सुदिल र अनिलले २०५५ सालबाट दाजु वेपत्ता भएको भन्दै २०६३ साल फागुन ४ गते मालपोत कार्यालयबाट सुचना जारी गराएका छन् । जतिबेला सुचना जारी गराए त्यसबेलासम्म आफ्नो भाईहरुसँग सम्पर्क रहेको उनी बताउँछन् ।
अशोक कान सुन्दैनन् । उनमा सुस्त श्रवणको समस्या छ । जीवित रहेका अशोकलाई मृत्यु भएको प्रमाणित गर्न मालपोत कार्यालय, धरान नगरपालिका र इलाका प्रहरी कार्यालय समेत सामेल भएका छन् ।

धरान नगरपालिकाका (हाल उपमहानगरपालिका)ले २०६९ फागुनमा भाईहरु अनिल र सुदिल श्रेष्ठको परिवारसँग नाता प्रमाणित गरिदिएको छ । त्यसमा बुबा विश्वनाथ श्रेष्ठ, आमा विष्णुमाया श्रेष्ठ, दाजु अशोक श्रेष्ठ र बहिनी तुलसीदेवी श्रेष्ठको नाम मृत्यु भएको महलमा उल्लेख छ । त्यसपछि सुदिल र अनिल श्रेष्ठ बाँकी रहेकोले बाबुको नाममा रहेको सम्पतिको हकदावी गर्ने अन्य व्यक्ति नभएको प्रमाणित गराईएको छ ।
अंश हकदावी गर्ने प्रमाणित गराउन हरदम प्रयास गरेका उनीहरुले बोल्न नसक्ने बहिनीको मृत्यु भएको देखाएका छन् । दाजु अशोक श्रेष्ठले भने बहिनीको मृत्यु के कारणले भयो भन्ने जानकारी अहिलेसम्म आफुले थाहा नपाएको बताएका छन् । यस्तै बाबु र आमाको मृत्यु भएको खबर समेत आफूले नपाएको गुनासो गरे ।

अंश मुद्दा जिल्ला अदालत सुनसरी हुँदै अहिले उच्च अदालत विराटनगरमा विचाराधिन छ । आफ्ना दुई भाईहरुले माईती श्रीमतीतर्फका छोरालाई तीन धुर जग्गा दिएर बाबु वेपत्ता रहेको भन्दै अंश बाँडफाँड गरेका हुन् । बाबुको नाममा धरान र काठमाण्डौंमा समेत अशं रहेको उनीहरु बताउँछन् । तर, अंश लिनका लागि आफैंलाई मरेको भन्ने प्रमाणित गराएका भाईहरुसँग मुद्दा लड्दालड्दै ऋणको भारले किचिसकेको अशोकले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid