sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नक्कली शरणार्थी बनाउने गिरोहको बचाउमा रमण श्रेष्ठको जिकिर- आरोपी छाड्दा राज्यलाई घाटा हुन्न

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:३५
नक्कली शरणार्थी बनाउने गिरोहको बचाउमा रमण श्रेष्ठको जिकिर- आरोपी छाड्दा राज्यलाई घाटा हुन्न

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिबादीतर्फबाट वकिलको बहस आजपनि जारी रहेको छ । आज प्रतिवादी सानु भण्डारीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अवैध कामका लागि लेनदेन भएको कारण जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको बताए ।

नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्ने अवस्थामा मात्रै मुद्दा चल्ने उल्लेख गर्दै उनले भने, ‘यो अवैध कामका लागि पैसाको लेनदेन भएको कारण यो जाहेरी दर्ता हुने र मुद्दा दर्ता हुने अवस्था नै नरहेको छ । गैरकानूनी लेनदेनको बिगो कायम हुन सक्दैन । यदि नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्छ भन्ने हो भने मात्रै मुद्दा चल्न सक्छ । तर नेपालीलाई भुटान बनाएर लान मिल्दैन त्यसैले मुद्दा, जाहेरी र बिगो काम हुन सक्दैन ।’

शंका र अनुमानलाई प्रमाण मान्न नमिल्ने भएकाले प्रतिवादीहरुलाई थुन्नुपर्ने कुनै कारण नरहेको उनको तर्क छ ।

सन्दीप लामिछानेको मुद्दामा पनि कुनै ठोस प्रमाण नभएकै कारण उच्च अदालतले छाडेको तर्क दिँदै उनले भने, ‘यो मुद्दामा प्रतिवादीहरूलाई थुन्नै पर्ने कारण छैन । थुन्नका लागि कारण चाहिन्छ । जेलमै राख्नुपर्ने कुनै कारण छैन । उनीहरूलाई छाड्दा राज्यको केही घाटा हुँदैन । थुन्ने पनि न्यायका लागि हो र छाड्ने पनि न्यायका लागि हो ।’

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid