sweet bonanza
June 19, 2026 | शुक्रबार, असार ६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुर्रा भैँसीको बिषयमा रविले मागे माफी

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:४0
मुर्रा भैँसीको बिषयमा रविले मागे माफी

काठमाडौं ।।

  • मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै
  • रवि लामिछानेले संसद्मा माफी मागे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा माफी मागेका छन् । मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै उनले क्षमायाचना गरेका हुन् । “हामीले पार्लियामेन्टको डिग्निटी राख्न कतै चुकिरहेका त छैनौँ ? चाहे नयाँ दलका रूपमा हाम्रा तर्फबाट हुन् वा अरूबाट आएका हुन्, हामी लज्जित छौँ,” लामिछानेले भने, “यो सदन भैँसी-राँगाका विषयमा मात्र छलफल गर्ने हो भने हामीले पाँच वर्षमा गोबर मात्र प्राप्त गर्नेछौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि नेकपा एमाले) लगायत दलका सांसदले विभिन्न विषयमा संसद्मा विरोध जनाएका थिए । त्यही बहसमा रास्वपा पनि समाहित भएको थियो । सो क्रममा रास्वपाका एक सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको थियो ।

“सभामुख महोदय, प्रधानमन्त्री भारत भ्रमणबाट प्लेन चढेर पोखरा झर्नुहुन्छ भनेको उहाँ त भैसी चढेर आउनुभयो,” रास्वपा सांसद शिशिर खनालले भनेका थिए । खनालले त्यसो भनेपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि एमालेसँगै उनलाई बोल्न नदिन रास्वपाका सांसदहरूले समेत हुटिङ गरेका थिए ।

नियमापत्ति स्वीकार गर्दै सभामुख देवराज घिमिरेले खनालको ‘भैँसी चढेर प्रधानमन्त्री भारतबाट आएको’ भन्ने अभिव्यत्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । सभामुखले दिएको निर्देशन प्रतिनिधिसभा नियमावलीको व्यवस्था नै उल्लंघन हुने गरी सभापति लामिछानेले अवज्ञा गरेका थिए ।

“सभामुख महोदय, भँंसी चढेको विषय प्रधानमन्त्रीले पहिले भनेपछि हाम्रो सांसदले भन्नुभएको हो,” प्रतिवाद गर्दै गएको सोमबारको बैठकमा लामिछानेले भनेका थिए, “सांसदले बोलेको हटाउने, प्रधानमन्त्रीले बोलेको नहटाउने कुरा मान्य हुँदैन ।”

संसद् सञ्चालनमै हम्मेहम्मे भएका बेला लामिछानेले त्यसो भनेपछि सभामुखले सबै अभिव्यक्ति हटाउन निर्देशन दिएको बताएका थिए । पछि संसद् सचिवालयका अधिकारीले प्रधानमन्त्रीका अभिव्यक्ति रेकर्डबाट हटाउन दिने विषय संसदीय मर्यादामा नपर्ने जानकारी गराएका थिए । त्यसपछि सभामुखले सच्याएका थिए ।

संसद्को मर्यादा नै नरहने गरी भएका गतिविधिको चौतर्फी आलोचना गरिएको थियो । त्यसको चार दिनपश्चात् लामिछानेले क्षमायाचना गरेका हुन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid