May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

मुर्रा भैँसीको बिषयमा रविले मागे माफी

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:४0
मुर्रा भैँसीको बिषयमा रविले मागे माफी

काठमाडौं ।।

  • मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै
  • रवि लामिछानेले संसद्मा माफी मागे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा माफी मागेका छन् । मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै उनले क्षमायाचना गरेका हुन् । “हामीले पार्लियामेन्टको डिग्निटी राख्न कतै चुकिरहेका त छैनौँ ? चाहे नयाँ दलका रूपमा हाम्रा तर्फबाट हुन् वा अरूबाट आएका हुन्, हामी लज्जित छौँ,” लामिछानेले भने, “यो सदन भैँसी-राँगाका विषयमा मात्र छलफल गर्ने हो भने हामीले पाँच वर्षमा गोबर मात्र प्राप्त गर्नेछौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि नेकपा एमाले) लगायत दलका सांसदले विभिन्न विषयमा संसद्मा विरोध जनाएका थिए । त्यही बहसमा रास्वपा पनि समाहित भएको थियो । सो क्रममा रास्वपाका एक सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको थियो ।

“सभामुख महोदय, प्रधानमन्त्री भारत भ्रमणबाट प्लेन चढेर पोखरा झर्नुहुन्छ भनेको उहाँ त भैसी चढेर आउनुभयो,” रास्वपा सांसद शिशिर खनालले भनेका थिए । खनालले त्यसो भनेपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि एमालेसँगै उनलाई बोल्न नदिन रास्वपाका सांसदहरूले समेत हुटिङ गरेका थिए ।

नियमापत्ति स्वीकार गर्दै सभामुख देवराज घिमिरेले खनालको ‘भैँसी चढेर प्रधानमन्त्री भारतबाट आएको’ भन्ने अभिव्यत्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । सभामुखले दिएको निर्देशन प्रतिनिधिसभा नियमावलीको व्यवस्था नै उल्लंघन हुने गरी सभापति लामिछानेले अवज्ञा गरेका थिए ।

“सभामुख महोदय, भँंसी चढेको विषय प्रधानमन्त्रीले पहिले भनेपछि हाम्रो सांसदले भन्नुभएको हो,” प्रतिवाद गर्दै गएको सोमबारको बैठकमा लामिछानेले भनेका थिए, “सांसदले बोलेको हटाउने, प्रधानमन्त्रीले बोलेको नहटाउने कुरा मान्य हुँदैन ।”

संसद् सञ्चालनमै हम्मेहम्मे भएका बेला लामिछानेले त्यसो भनेपछि सभामुखले सबै अभिव्यक्ति हटाउन निर्देशन दिएको बताएका थिए । पछि संसद् सचिवालयका अधिकारीले प्रधानमन्त्रीका अभिव्यक्ति रेकर्डबाट हटाउन दिने विषय संसदीय मर्यादामा नपर्ने जानकारी गराएका थिए । त्यसपछि सभामुखले सच्याएका थिए ।

संसद्को मर्यादा नै नरहने गरी भएका गतिविधिको चौतर्फी आलोचना गरिएको थियो । त्यसको चार दिनपश्चात् लामिछानेले क्षमायाचना गरेका हुन् ।

  • साझा परिवेश
  • -