April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४५
‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

काठमाडौं 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा राजनीतिक दलका उच्च नेता र कर्मचारी संलग्नता देखिएपछि नागरिकहरू भ्रष्टाचारविरुद्ध उत्रिने भएका छन्। राजनीति दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्। एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् भने एमालेले अनुसन्धानमा सहयोग पुगोस् भनेर निलम्बनसमेत गरेको छ।

ठगी घटनामा प्रहरीले अनुसन्धान गरिरहेको समयमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन्। हिरासतमा रहेका पूर्वगृहमन्त्री खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेल्न खोजेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको छ। रकम फिर्ता दिने भन्दै खाणको प्रतिनिधि बनेर रामेछापका कांग्रेस नेता शेर्पा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए।

शनिबार दिउँसो नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’भन्दै प्रदर्शन गर्न लागिएको छ। ‘भ्रष्टाचारविरुद्ध एक हौँ’#weagaintcorruption को नारा तय भएको छ। विरोधमा पार्टीको झण्डा नबोकी दलका नेताहरुले पनि सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्।

नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई राष्ट्रद्रोह भएको टिप्पणी गरेका छन्। उनले शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाईमा भएको राष्ट्रद्रोह भएको स्पष्ट पारेका हुन् ।

रास्वपा सभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो।’भन्दै फेसबुकमा उनले थप लेखेका छन्, ‘त्यसैले म दलको नेता भएर होइन, सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदै छु। राम्रो काम जसले गरे पनि सघाउनुपर्छ। देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झन्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनुहोला। भ्रष्टाचारविरुद्ध एक हौँ। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ।’

शनिबार बिहान ११ बजे माइतीघर मण्डलालगायत अन्य क्षेत्रमा पनि स्वस्फुर्त भ्रष्टाचारविरोधी कार्यक्रम तय छ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।