May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

म आउँदा झण्डै ऋणात्मक अर्थतन्त्र बलियो बन्दैछ:प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १६:0६
म आउँदा झण्डै ऋणात्मक अर्थतन्त्र बलियो बन्दैछ:प्रधानमन्त्री प्रचण्ड

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गर्ने अवस्थामा झण्डै ऋणात्मक रहेको देशको अर्थतन्त्रलाई अहिले सुधारोन्मुख अवस्थामा लगेको बताएका छन् ।

बुटवल-पाल्पाको लुम्बिनी केबलकारको बिहीबार उद्घाटन कार्यक्रममा उनले भने, ‘मैले सरकारको नेतृत्व गर्दा झण्डै ऋणात्मक अवस्थाको अर्थतन्त्र बलियो बन्दैछ । ७.५ प्रतिशतको आर्थिक वृद्धिको अवस्थामा पु¥याइएको छ ।’

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै उनले देश विकासमा निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीका हर सम्भावनाहरुलाई खुला राख्ने बताए ।

‘सरकार निजी क्षेत्रले गर्ने लगानीलाई बलियो बनाउन प्रतिबद्ध छ । कोरोना महामारीपछिको संकटबाट मुक्ति पाउन क्रान्ति नै गर्नुपर्ने अवस्थामा कोरोनाका कारण मारमा परेका व्यवसायीलाई राहत दिने गरी बजेटबाटै सम्बोधन गरेका छौं’, उनले भने।

प्रधानमन्त्री प्रचण्डले कृषि, उद्योग, वास्तविक सेवा क्षेत्रको वृद्धिलाई उच्च बनाएमात्र देशको अर्थतन्त्र र वित्तीय क्षेत्र बलियो र स्थिर हुन सक्ने बताए । पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्यवृद्धि चक्र हावी हुँदै गएको र त्यस्तो हुनु दुःखद भएको उनको भनाइ थियो ।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई दुर्घटनाबाट जोगाउन रोकिएको जग्गा कित्ताकाट खुला गरिएको बताए । तर व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्यवृद्धि चक्र भने हावी हुँदै गएको उनको भनाइ छ ।

‘उच्च मुद्रा स्फीति र अस्थिर व्याजदरले राज्य एवं निजी क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने भएकोले सरकारले यसतर्फ उपयुक्त कदम चाल्ने छ’, प्रधानमन्त्री प्रचण्डले भने।

भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याएर पर्यटकहरुको आगमन बढाउने गरी काम गरिरहेको पनि उनले बताए ।

प्रधानमन्त्री प्रचण्डलले अहिलेसम्म चल्दै आएको विकास मोडलबारे पनि पुनर्विचार गर्नेतर्फ सरकारले सोचिरहेको बताए । ‘हालसम्मका विकास योजनाहरुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि उत्पादन र रोजगारी सिर्जना हुन सकेको छैन, अब सरकारले उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी विकासका योजनाहरु अगाडि सार्नुपर्ने छ’, उनले भने ।

प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक विकासका लागि योजनावद्ध तरिकाले अघि बढ्न आग्रह गरे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारलाई संघीय सरकारले दिने अधिकार रोक्न नहुने बताए । उनले अहिले बजेट पनि काटेको अवस्थामा अन्य अधिकार पनि काटेर काम गर्न नसक्ने अवस्थामा पु¥याएको गुनासो गरे ।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा रुपन्देही २ का सांसद विष्णु पौडेलले अहिलेको अवस्थामा नयाँ योजनाभन्दा पनि पुराना योजनालाई पूर्ण गराउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

लुम्बिनी गुरुयोजनाको काम पूरा हुँदा पर्यटनकै माध्यमबाट समग्र लुम्बिनीकै विकास र समृद्धि सम्भव हुने भन्दै उनले गुरुयोजनाको काम यथाशीघ्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रकाश ढकालले कम्पनीले हालसम्म तीनवटा केबलकार सञ्चालनमा ल्याइसकेको र दुइटा केबलकार निकट भविष्यमै सञ्चालन गर्नेगरी काम भइरहेको बताए ।

उनले सबै प्रदेशमा एकएक वटा केबलकार सञ्चालनमा ल्याएर केबलकार सर्किट बनाउने योजनामा रहेको बताए ।

केबलकारको माध्यमबाट धार्मिक पर्यटनलाई पनि विकास गर्ने आफूहरुको योजना रहेको उल्लेख गर्दै ढकालले अहिले ३७ डलर रहेको पर्यटकहरुको दैनिक खर्चलाई बढाएर १ सय बनाउन सकेमात्र पर्यटनको माध्यमबाट देशको आर्थिक विकास हुनसक्ने बताए ।

कार्यक्रममा भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवं भारतीय लोकसभाका सदस्य जगदम्बिका पाल, प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण शर्मा, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठलगायतले केबलकारको माध्यमबाट रुपन्देही र पाल्पाको समेत आर्थिक चलायमान हुने विश्वास व्यक्त गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।