April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

सहकारी पीडित बचतकर्ताको माइतीघरमा धर्न

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १६:२0
सहकारी पीडित बचतकर्ताको माइतीघरमा धर्न

काठमाडौं । देशभरीका सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु काठमाडौंमा भेला भएर धर्ना दिइरहेका छन् ।

सहकारी संस्थालाई राष्ट्र बैंकको निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गर्नुपर्ने, सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सहकारी पीडितहरुले माइतीघरबाट बानेश्वरसम्म र्‍याली निकालेका हुन् ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले गरेको धर्नामा कार्यक्रममा सहकारीका बचकर्ताको सावाँ तथा व्याज रकम फिर्ता गर्नुपर्ने, सहकारी सञ्चालकका परिवार र कर्मचारीको सम्पत्ति रोक्का गर्नुपर्ने मागसहित सहकारी पीडितले विरोध तथा धर्ना कार्यक्रम गरेका हुन् ।पछिल्लो समय देशरीका सहकारी संस्थाहरु धमाधम समस्याग्रस्त बन्दै बचत रकम फिर्ता गर्न नसकेर सञ्चालक फरार हुने क्रम बढ्दै छ । बचतकर्ताको रकम अपचलन गरी आफ्नो कम्पनी तथा घरजग्गामा लगानी गरेका सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरी फरार भएपछि सहकारीका बचतकर्ताहरु काठमाडौंमा संगठित भएर आन्दोलन सुरु गरेका हुन् ।

यता सहकारी आन्दोलनको नेतृत्व दाबी गर्ने राष्ट्रिय सहकारी महासंघले भने बचत फिर्ता नगरी बन्द गरेर सञ्चालक फरार भएका सहकारी चलाउन २ वर्षको समय चाहिन भन्दै उनीहरुलाई जोगाउन लबिइङ गर्दै हिंडेको छ । बचतकर्ताको रकम दुरुपयोग गर्ने सहकारी संस्थालाई अहिलेको समस्या समाधान गर्ने भन्दै सहुलियत ब्याजदरमा १० अर्बको ऋण चाहिने जस्ता माग महासंघले गरिरहेको छ ।

राष्ट्रिय सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरे सहकारी ऐन २०७४ ले यति ठूला मात्रामा वित्तीय कारोबार हुने परिकल्पना नै नगरेको भन्दै अहिलेको संरचनाले सहकारीको वित्तीय कारोबारको नियमन गर्न नसक्ने बताए । बुधबार काठमाडौंमा आयेजित एक कार्यक्रममा उनले सहकारी ऐनको परिकल्पना भन्दा सहकारीको वित्तीय कारोबार धेरै ठूलो भएको बताएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट