May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

‘एक भगवत् गीता’ को विवादले शीर्षक फेरेर नै छोड्यो

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १४:३१
‘एक भगवत् गीता’ को विवादले शीर्षक फेरेर नै छोड्यो
  • शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगियो 
  • सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरे
  • फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनायो 
  • सेन्सर सिफारिस नदिने बोर्डको कार्यप्रति चौतर्फी विरोध

काठमाडौं ।।

शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने निर्माता थापाले जानकारी दिए ।

यो सहमतिले सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने विश्वास आफूहरुले लिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए ।

उक्त आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो । सेन्सर सिफारिस नदिने बोर्डको कार्यप्रति चौतर्फी विरोध भएको थियो ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।