May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० ११:५३
शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनले पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक सामन्त जाली फटाहा पूँजीवादी बढेको र इमान्दार पिल्सिरहनुपर्ने अवस्था भएकाले त्यसलाई आफूहरूले परिवर्तन गर्न चाहेको पनि बताए ।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको काठमाडौंमा सुरू प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले कोही कसैमाथि आग्रह पूर्वाग्रह नराखी आफ्नो जिम्मेवारी निभाउन पत्रकारसँग आग्रह गरेका छन् ।

नेपालले संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसका विरुद्ध कलम चलाउन अनुरोध गरे ।

नेपालले भने, ‘असल कामको चर्चा होस् । समाजमा सबै सकारात्मक-नकारात्मक कुरा हुन्छन् सबै आवस् । आग्रह पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन । संविधानको रक्षा गर्ने गरी काम गर्नुपर्छ’, उनले भने ।

नेपालले नेपालको संविधानले सबै हक अधिकारको प्रत्याभूत गरेकाले रक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो संविधानले संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ । समाजवादमुखी अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप अघि बढ्छ भने त्यसका विरुद्ध कलम चलाउनुहोस् । जनतामा चेतना, देशको स्वाभिमान रक्षाका लागि निरन्तर लाग्नुस् । हाम्रो साथ र सहयोग रहन्छ । ‘

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।