May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

दुर्गा प्रसाईंले नजरबन्दमै पत्रकार सम्मेलन गर्ने

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १६:२३
दुर्गा प्रसाईंले नजरबन्दमै पत्रकार सम्मेलन गर्ने
  • ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने
  • उनी र उनका समर्थकमाथि कडा नीति
  • प्रसाईका १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ

काठमाडौँ ।।

गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ काठमाडौँ केन्द्रित आन्दोलन थालेका उनलाई शुक्रवार प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।

आफू होम अरेस्ट अर्थात नजरबन्दमा परेको बताउने उनले घरभित्र साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जनाएको छ । दोस्रो दिनको आन्दोलन काठमाडौँको तीनकुनेमा गर्ने र श्रीलङ्काको शैलीमा नेताका घर घरमा जाने बताएपछि प्रशासनले उनी र उनका समर्थकमाथि कडा नीति लिएको छ ।

काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा पर्दशन गर्न पुगेका उनका समर्थकलाई पक्राउ गरेको छ भने उनको निवास स्थल ठिमीमा ठुलो सङ्ख्या सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । उनले आफ्ना १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ गरिएको बताएका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।