April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गर्मी बढेपछी चिसो पानीमा रमाउदै

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:३४
गर्मी बढेपछी चिसो पानीमा रमाउदै

काठमाडौं ।।

तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू-भागहरूमा तातो हावा (लू) चलिरहेको विभागको भनाइ छ ।

त्यसैले अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । गर्मी बढेपछि तराईका कतिपय जिल्लामा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । दिउँसोको समयमा सकेसम्म बाहिर ननिस्किन आग्रह गरेका छन् ।

यसैबीच, आज बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा भइरहेको छ ।

 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोसी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।