May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

विराटनगरका सिद्धान्त भट्टराईको सिरहामा शव

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:५२
विराटनगरका सिद्धान्त भट्टराईको सिरहामा शव
  • सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला
  • २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत भेटिए 
  • होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा
  • शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत 

विराटनगर ।

मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला परेका छन् । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत फेला परेका हुन् ।

उनी मंगलबार कापीको मार्केटिङका लागि गएका थिए । बुधबार सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटलको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुका अनुसार भट्टराई मृत भेटिएपछि अनुसन्धानका लागि शम्भु होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा छन् ।

भट्टराई मंगलबार बेलुका को १ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गर्दै चालक सागर राईसँग सहदेव होटलमा बास बस्न पुगेका थिए । सो होटलमा खानपिन पछि राति करिब ११ बजे भट्टराई नजिकै रहेको शम्भु होटल पुगेका थिए । चालक भने सुत्न कोठा गएका थिए ।

राति पौने ११ बजेतिर शम्भु होटलमा पुगेर भट्टराईले वियर मागेर खाएपछि शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक लिम्बुका अनुसार मृतकको टाउको र छातीमा सामान्य चोट जस्तो देखिन्छ । मृतकले वान्ता पनि गरेका कारण पोष्टमार्टम पछि थप विवरण खुल्ने उनले बताए । ‘घटनाको सबै कोण अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘घटना हुँदा शम्भु होटलमा सञ्चालक बाबु छोरा मात्रै रहेको देखिन्छ, अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएका छौं ।’

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट