May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

प्रधानमन्त्रीज्यू नांगो रूपमा यसरी नहिँड्नुहोस् : सांसद कृष्णकुमार श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:४४
प्रधानमन्त्रीज्यू नांगो रूपमा यसरी नहिँड्नुहोस् : सांसद कृष्णकुमार श्रेष्ठ

काठमाडौं ।।

  • कृष्णकुमार श्रेष्ठले संसदको रोस्टममा उभिएर मौनधारण गरे
  • बजेटले मधेस र यहाँको समुदायलाई उपेक्षा गरेको विरोधमा एक मिनेट मौन धारण
  • प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको भन्दै विरोध जनाए
  • अहिलेको बजेटमा मधेस-मधेसी र मधेसमा बसोबास गर्नेलाई अपमान भयो 
  • मन्त्री म पनि भएको हो, एकपटक बजेट मैले पनि ल्याएको हो 
  • चुनाव जितेर आएको हाम्रो क्षेत्रमा विकास गरेर देखाउनुपर्छ

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) संसदको रोस्टममा उभिएर मौनधारण गरेका छन् । शुक्रबारको संसद् बैठकमा बजेट माथिको छलफलमा बोल्ने क्रममा उनले बजेटले मधेस र यहाँको समुदायलाई उपेक्षा गरेको विरोधमा एक मिनेट मौन धारण गरे । उनले बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको भन्दै विरोध जनाएका हुन् ।

“अहिलेको बजेटमा मधेस-मधेसी र मधेसमा बसोबास गर्नेलाई अपमान भएको छ,” उनले भने, “मन्त्री म पनि भएको हो । एकपटक बजेट मैले पनि ल्याएको हो । तर नांगो रूपमा यसरी नहिँड्नुहोस् । प्रधानमन्त्रीज्यू यो कुरालाई कन्ट्रोल गर्नुहोस् नांगै नहिँड्नुहोस् । तपाईहरूको मात्र निर्वाचन क्षेत्र छैन हाम्रो पनि निर्वाचन क्षेत्र छ हामीले पनि चुनाव जितेर आएको हाम्रो क्षेत्रमा विकास गर्र्नुछ ।”

सत्तासाझेदार दल भएपनि बजेट यथास्थितिमा पास हुन नदिने भन्दै नेकपा (एकीकृत समाजवादी) बजेटको विपक्षमा उभिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।