May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए

अर्थमन्त्री : ठूला देशहरुले गाँजा खेतीलाई प्रतिबन्ध लगाउन आग्रह गरे

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १६:१६
अर्थमन्त्री  : ठूला देशहरुले गाँजा खेतीलाई  प्रतिबन्ध लगाउन आग्रह गरे

काठमाडौं।।

  • ठूला देशहरुले गाजाँमा प्रतिबन्ध लगाउन आग्रह गरे
  • त्यसअनुसार कानुन बनेर प्रतिबन्धित भएको बताए
  • विदेशीले रोक्नु भनेपछि रोकिएको नत्र नेपालमा गाजाँको संस्कृति रहेको बताए
  • नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थाले
  • गाँजा खेतीको सम्भावना छ भनेर बजेटमा राखिएको उनको भनाइ छ
  • ठूला देशहरुले औषधिको लागि भनृर गाँजा खेती गरिरहेको छ
  • गाँजा खेती नेपालको आर्थिक उपार्जनको एउटा सम्भावना हुन सक्ने

अर्थमन्त्री डा.प्रकाशशरण महतले ठूला देशहरुले गाजाँमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि नेपालमा त्यसअनुसार कानुन बनेर प्रतिबन्धित भएको बताएका छन्। गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा साहायता नै दिन्नौं भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको उल्लेख गर्दै उनले नेपाललाई रोक्न दवाब दिने मुलुकहरुले अहिले खुला गरेर विजशेन गरिरहेको बताए। ‘जुन देशले हिजो हामीलाई गाँजा कानुन ल्याएर रोक, नत्र हामी साहायतै दिन्नौं भन्यो। अलि अलि साहायता पनि रोकिदिएला भनेर हामीले कानुन नै बनाएर रोक्यौं’ शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने।

नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थालेका कारण नेपालमा पनि गाँजा खेतीको सम्भावनाको विषयमा अध्ययन गर्ने भनेर बजेटमा राखिएको उनको भनाइ छ सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । तर, बजेटमाथिको छलफलमा कतिपय सांसदहरुले प्रश्न उठाएका थिए ।

जवाफ दिँदै अर्थमन्त्री महतले विदेशीले रोक्नु भनेपछि रोकिएको नत्र नेपालमा गाजाँको संस्कृति रहेको बताए । ‘हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त । हाम्रो संस्कृसत देखि नै चलिआएको कुरा हो’ उनले दोहोर्याए  , ‘अरुले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौं ।’ ठूला देशहरुले औषधिको लागि भनृर गाँजा खेती गरिरहेको पनि उनले सुनाए । ‘अहिले उनीहरुले जम्मै खोलेर मेडिसिनल प्रपोजका लागि, रिक्रेसनका लागि भनेर ठूलो विजनेश गरिराख्या छ । आफैँले छोडिसक्यो ।’ उनले भने ।

ठूला देशले गाँजा खेती गरेर विजनेश गरिरहेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेकोले खोल्न हुन्न भन्ने बहस गनु उचित नरहेको उनको भनाइ छ । बरु गाँजा खेती नेपालको आर्थिक उपार्जनको एउटा सम्भावना हुन सक्ने उनको भनाइ छ । ‘हामी चाहीँ बहसमा छौं-यो किन ? यो त उच्चारण नै गर्न हुन्न’ अर्थमन्त्री महत भन्छन्, र्याशनल्ली थिंक गरौं । कसरी उपयोग गर्ने ? यसको दुरुपयोग नहोस् भन्ने कुरामा कसरी सेफ रहने ? यसको सम्भावना हेरौं । यो पनि एउटा आर्थिक सम्भावना हुन सक्छ।’

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।