April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्राधिकरणले पठायो भूकम्पपीडितको घर बनाउन १ अर्ब ४१ करोड

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:१६
प्राधिकरणले पठायो भूकम्पपीडितको घर बनाउन १ अर्ब ४१ करोड
  • प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु
  • आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा
  • ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता

काठमाडौं ।।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु गर्न अनुदान स्वरुप एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ । उक्त रकम मंसिर २५ गतेसम्म पठाइएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु गर्न पहिलो किस्ताका लागि उक्त रकम अनुदान स्वरुप पठाइएको हो । प्राधिकरणले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम जिल्लामा पठाएको हो ।

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा ५०-५० करोड रुपैयाँ, सल्यानमा दुई करोड रुपैयाँ, बाजुरामा १४ करोड रुपैयाँ र बझाङमा २५ करोड रुपैयाँ पठाइएको छ । प्राधिकरणले पठाएको रकममध्ये जिल्लाले हालसम्म स्थानीय तहलाई एक अर्ब तीन करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा गरेको छ । जाजरकोटले ४६ करोड ४३ लाख रुपैयाँ, रुकुम पश्चिमले ४३ करोड ५८ लाख ५० हजार रुपैयाँ, सल्यानले एक करोड ८० लाख रुपैयाँ, बाजुराले तीन करोड २० लाख ५० हजार रुपैयाँ र बझाङले आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा गरेको छ ।

जिल्लाले निकासा गरेको रकममध्ये स्थानीय तहबाट हालसम्म भूकम्पपीडितलाई १५ करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जाजरकोटका भूकम्पपीडितले एक करोड तीन लाख रुपैयाँ, रुकुम पश्चिमले १३ करोड आठ लाख ७५ हजार रुपैयाँ र सल्यानले एक करोड ३९ लाख ७५ हजार रुपैयाँ अस्थायी आवास बनाउन अनुदान स्वरुप पाइसकेका छन् । स्थानीय तहबाट हालसम्म ५१ हजार ८६३ लाभग्राही कायम भएको प्राधिकरणले जानकारी दिएको छ ।

कायम भएका लाभग्राहीमध्ये ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता भएको छ । भूकम्पपीडितको संख्या (लाभग्राही) ठूलो भएका कारण प्राधिकरणले पठाएको रकमले नपुग्ने जनाउँदै सम्बन्धित जिल्लाले अस्थायी आवास निर्माणको लागि थप रकम मागेका छन् । अस्थायी आवास निर्माणको लागि चार जिल्लाले दुई अर्ब ६० करोड ५० लाख रुपैयाँ थप रकम मागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जाजरकोटले एक अर्ब ५० करोड, रुकुम पश्चिमले एक अर्ब दुई करोड रुपैयाँ, सल्यानले आठ करोड रुपैयाँ र बाजुराले ५० लाख रुपैयाँ थप रकम मागेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।