sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रघुजी : नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य किन मौन ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:५७
रघुजी : नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य किन मौन ?

काठमाडौं ।।

  • संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने
  • नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको किन ?
  • भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’
  • ईपीजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई स्पष्ट पार्नुपर्यो 

नेकपा एमालेका सांसद रघुजी पन्तले अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको बताए । ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, सांसद पन्तले भने, ‘यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’


नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न भएको उनले बताए । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले प्रष्ट पार्न सरकारसँग माग गरे ।

ईपीजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्य पनि खेदजनक रहेको भन्दै एमाले सांसद पन्तले प्रश्न गरे, ‘के ईपीजी प्रतिवेदनबारे राजदूतले व्यक्त गरेको विचारले सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने अत्यन्त आपत्तिजनक छ । ईपीजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुपर्यो  ।’

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid