April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

रघुजी : नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य किन मौन ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:५७
रघुजी : नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य किन मौन ?

काठमाडौं ।।

  • संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने
  • नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको किन ?
  • भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’
  • ईपीजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई स्पष्ट पार्नुपर्यो 

नेकपा एमालेका सांसद रघुजी पन्तले अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको बताए । ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, सांसद पन्तले भने, ‘यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’


नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न भएको उनले बताए । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले प्रष्ट पार्न सरकारसँग माग गरे ।

ईपीजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्य पनि खेदजनक रहेको भन्दै एमाले सांसद पन्तले प्रश्न गरे, ‘के ईपीजी प्रतिवेदनबारे राजदूतले व्यक्त गरेको विचारले सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने अत्यन्त आपत्तिजनक छ । ईपीजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुपर्यो  ।’

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट